आमा नचिन्नेहरु धरतीको बोझ

  प्रकाशित मिति
१३ बैशाख २०७४, बुधबार १३:३१


gr dhital
जीआर धिताल

आमा संसारकी जननी । जसको महिमा अपरम्पार छ । यो संसारका प्रत्येक जीवात्माकी जननी आमा नै हुन् । बिवेकशिल मानव मात्र हैन सबै सजिवलाई आमाको उपस्थिति महत्वपूर्ण छ । आमा बिना सृष्टि नचल्ने यथार्थलाई मानवले भन्दा अन्य कम विवेकशिल प्राणिले अझ बढि बुझेको परिस्थिति यहां झल्किरहेको छ ।

बढ्दो आधुनिकता र महत्वकांक्षी आचरणको उपज आमाको महत्व कम हुनु सबै भन्दा बढि बिडम्बना हो । आधुनिकता र बिकासको नाममा श्रृष्टिकर्ता आमालाई भुल्नु कदापि हुँदैन । तिनै आमाले आफ्नो सन्तानको समृद्धि र उज्जवल भबिश्यको लागि अहोरात्र खटेरहेकी हुन्छिन् । तिनै आफ्ना सन्तातले आमालाई भुलिदिँदा थुपै आमाहरु आज पनि रोइरहेका छन् । आमाको भूमिका सन्तानलाई जन्मदिन मात्र हैन् तिनको ब्यक्तित्व बिकासमा पनि सर्बोपरि हुन्छ भन्ने यथार्थलाई आमाले त यहाँ राम्ररी बुझेकी छिन् । तर सन्तानले आफ्नो कर्तब्यलाई दिनदिनै भुल्दै गएको देखिन्छ ।

ama 6आमाबाट पाउने अनौपचाकि शिक्षा विश्वबिद्ययालय स्कुल कलेजबाट प्राप्त गर्ने शिक्षा भन्दा कयौ गुणा गुणस्तरिय र कता हो कता गहिरो हुन्छ । प्राचिन धर्म ग्रन्थदेखि आधुनिक शिक्षाशास्त्रसम्म सबैले स्वीकार गरेका छन् कि आमा पहिलो पाठशाला घरकि पहिलो शिक्षिका हुन् । आफ्नो खुशि र सारा जीबनलाई नै भुलेर आफ्नो सम्पुर्ण समय आफ्ना सन्तानको निमित्त खर्च गर्ने कयौ आमाहरु यहां रुदै हिडिरहेका छन् । बिज्ञानको जैबिक द्रष्टिले समेत सन्तानहरु ऋामाका प्रतिरुप र बिस्तार रहेको प्रमाणित गरिदिएको छ । समाज र समुदाय , जीवन र जगत , नैतिकता र मुल्यमान्यता अनि आचारण र ब्यबहार सम्बन्धि यावत धारणा, मान्यता तथा संकार बालबलिकामा प्राय जसो आमा बाटै शिशु अवस्था देखिनै स्थापित भईरहेको हुन्छ । त्यस बाटै ब्यक्तित्व निर्माणको क्रम प्रारम्भ भएको हुन्छ । तर जब आफ्नो सन्तान हुर्कदै जान्छ, आत्मनिर्भर र सक्षम बन्दै जान्छ , तब आमाले गरेको सबै कर्मलाई बिस्तारै बिस्तारै भुल्दै जान्छन् । त्यो अवस्थामा ती आमा भन्दा दुःखी यो संसारमा अरु कोहि बन्दैन । हाम्रै समाजमा यी यस्ता ज्वलन्त उदाहरणहरु छन् जहां आफ्ना सन्तान बिल्ढिंग भित्र आधुनिकतामा रमाउदै गर्दा आमा आश्रम र कुटि भित्र कैदि जिवन बिताईरहेकि छिन् ।

ama 3आफ्नी आमा सडकमा हात फिजाउंदै भिख मागिरहँदाा आफुले जन्माएका सन्तानहरु घरमा कुकुरलाई सन्तुलित आहार खुवाउँदै बसिरहेका छन् । आफ्नो आमालाई भगवान ठानेर दिनहुँ पुजा गर्ने सन्तान पनि यहि समाजमा छन् अनि आमालाई बृद्धाश्रममा भर्ति गराएर कारमा घर फर्कने सन्तान पनि यहि समाज भित्रै अटेका छन् । अहिले त पछिल्लो समयमा आश्रम र सामूहिक आवास, कुटी, खुलिरहेका छन् । तिनै कुटी र आश्रम सन्तानका निमित्त मरिमेट्ने अनि आफ्नो सबै शक्ति, ऊर्जा आफ्ना छोराछोरीका निमित्त सिध्याएर कमजोर अनि कुरुप भएकी आमाको अन्तिम गन्तब्य र बिकल्प बन्दैछ । तर यो कारुणिक अनि दुःखद् परिवेशलाई जबसम्म प्रत्येक सन्तानहरुले बुझ्दैनन् तबसम्म आफ्नी आमाप्रतिको सम्मान र कर्तब्य किमार्थ पुरा हुनेवाला छैन्, समाजको बिकास बे अर्थको ठहर्ने छ ।

यो कटु सत्य विवेकशील प्राणीको हकमा बढी लागू भइरहेको छ । सबैभन्दा विवेकशील मानिएको प्राणी मानिस यस मानेमा किन दिनानुदिन अविवेकी बनिरहेको छ ? अविवेकी प्राणीलाई हेरौ, आमा र उनको सन्तान बिचको सम्बन्ध । आफ्ना सन्तानलाई हुर्काउन, बढाउन कति कष्ट सहनुपर्छ हामी मानवले बुझ्न जरुरी छ कि यहाँ प्रत्येक सन्तान एकदिन अभिभावक बन्नुपर्छ । त्यस बेला आफ्नी आमाले भोगेको उपेक्षा र अपहेलनाको अभिलेख सम्झिने छन् । जतिबेला नाति नातिना खेलाउने जमानामा आफुले आमा प्रति गरेको व्यवहारलाई सम्झँदैं धिक्कार्न बाध्य हुने छन् । त्यतिबेला आफ्नो समेत जीवनमा परेको प्रभावलाई राम्ररी मूल्याङ्कन गर्नेछन् । तर यो प्रत्येक पुस्ताले अनुभव मात्र गरिरहने छन्, महसुस गर्ने समयमा अत्यन्त कमजोर बनिसकेका हुन्छन् । त्यतिबेला आफैलाई धिक्कार्नु र इतिहास सम्झेर कल्पिनुको बिकल्प सन्तानमा रहँदैन ।

ama 2एउटी आमा सन्तानका लागि कति महत्वपूर्ण बन्न सक्छिन् भन्ने कुरा थाहा पाउन उदाहरण र परिभाषा आवश्यक छैन् । यो त प्रत्येक सन्तानले भोगेर अनुभव गरिरहेको हुन्छ, समस्या त यहाँ जानी जानी आफ्नो सन्तानले आमाप्रतिको कर्तब्यलाई नबुझिदिँदा भइरहेको छ । जानी जानी अबुझ भइदिदा, आफ्नो सानो संसारमा आमालाई अलग्याएर रमाईदिदा, आमाले पिलाएको दश धारा दुधको उपहास गरिदिँदा, आमा बिनाको संसारलाई पूर्ण ठानेर तिनै श्रृष्टि कर्तालाई अपहेलना गरिदिँदा आमा आज पनि रोइरहेकी छिन् । फरक यति मात्र छ कि पहिले आफ्ना सन्तानले खाना नखाईदिँदा आमा रुन्थिन्, अहिले आफ्ना त्यहि सन्तानले खान नदिँदा । हुन त आमाको महिमालाई लेखमा उतारेर कसैलाई बुझाउने वा सन्तानलाई आफ्नी आमा प्रति जिम्मेवार र कर्तब्यनिष्ठ बनाउन खोज्नु मुर्खता हो किनकि आफुलाई यो संसारमा ल्याएर आधुनिक समयमा रमाउने अवसर प्रदान गर्ने आमालाई नबुझ्ने कठोर अनि निर्दयी मनलाई भावनाले कदापि गाल्न सकिन्न । यसलाई त मन, मष्तिस्कले ठहर्याउनु पर्छ, महशुस गर्नुपर्छ । आफु अर्को नयाँ पुस्ताको लागि असल आमा बन्न सकिन्छ ।

ama 5आमा कति सम्म महान हुन्छिन् भन्ने यथार्थ यो नीति श्लोकले पनि प्रष्ट्याइरहेको छ,
उपाध्यान् दशाचार्य आचार्याणो शतं पिता
सहस्र तु पितृन माता गौरेवेणातिरिच्यते ।।
अर्थात दश जना उपाध्याय भन्दा बढी एक जना आचार्य, सय जना आचार्य भन्दा बढी एउटा बाबु र हजार बाबु भन्दा बढी एउटी आमा आफ्ना सन्तानको निमित्त महत्वपूर्ण हुन्छिन् ।

शिक्षा दिने असल शिक्षकमा समेत सिमा रहन्छ तर आमा मात्र त्यस्ती शिक्षक हुन् जसको सिमा असीमित छ । तसर्थ समय जति बिकसित बन्दै गए पनि सबै भन्दा बढी जरुरी देखिन्छ कि आफ्नी आमा प्रति गरिने कर्तब्य बोधको बिकास हुन । अब प्रत्येक सन्तानले आफ्नी आमा प्रतिको दृष्टिकोण र ब्यबहारलाई बढी संबेदनशिल एवं विवेकपूर्ण बनाउनै पर्छ अन्यथा सन्तानका लागि सम्पूर्ण मिहिनेत, सम्पत्ति, सुबिधा र माया खन्याउने आमा सधैभरि अपमानित बनिरहने छिन् । तिनको हृदयले गर्वको महशुस गर्न पाउने छैन् । नत शान्ति पाउने छ उनको आत्माले नै ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: