प्रवासबाट नेपाली कला साहित्यका कलम चलाएर योगदान पु¥याउने काम लामो समयदेखि हुँदै आएको हो । कुनै समय नेपाली साहित्यमा दार्जीलिङबाट प्रसस्तै साहित्यिक कृतिहरू सिर्जना हुने गर्दथ्यो । पछिल्लो समय दार्जालिङ र काठमाडौँको साहित्य कलाको आदान प्रदान सुस्ताएको, साहित्यमा रुचि राख्ने पाठकहरूको अनुभूति छ ।
नेपाली गीत सङ्गीतमा गोपाल योञ्जन, हरिभक्त कटुवाल, डेजी बराइली, चन्दल लम्जेल, अमर गुरुङ निकै चर्चित नाम हुन् । ती सबै दाजीलिङबाट उदाएका श्रष्टा हुन् । नेपाली गीत सङ्गीतमा दार्जीलिङको न्युन उपस्थितिलाई तोड्दै, गति दिन गीतकार सुकुमार बराइली जुर्मुराएका छन् । उनले ‘आमा रोएकी चियाबारीमा’ नामक गीतको सङ्ग्रह गरी किताबको रुप दिएर गीत सङ्गीतका पारखी माझ ल्याएका छन् ।
गीत सङ्गीत भने पछि हुरुक्क हुने गीतकार बराइलीले आफ्ना रचनामध्येबाट छनौट गरेर १ सय ३ वटा गीतहरू यसमा सङ्ग्रहित गरेका छन् । जसमध्ये दर्जनौँ गीतमा गायिका गायकले मिठो स्वर भनेर एल्वममा समाहित गरिसकेका छन् ।
बरुण रसाइलीको सङ्गीतमा ‘साउनको भेल बनी होइन तिमी’, गायक रोहित खपाङ्गीको आफ्नै सङ्गीतमा ‘ठुगी थिल् थिलो नबनाउ मलाई चन्चले मन भयो’, भाष्कर गहतराजको सङ्गीतमा सर्मिला रसाइलीको स्वरमा ‘मेरो बैँसलाई जिस्काउन खोज्छ’ बोलको गीतमा, महेश सेवाको सङ्गीतमा नम्रता बललगायतले आफ्नो कर्णप्रिय स्वर दिएका छन् ।
सानै उमेरदेखि नै कला क्षेत्रमा समर्पित गीतकार बराइलीले आफ्नो तिनधारे चिया कमानका सहायक प्रबन्ध पदको जिम्मेवारीको व्यस्तताका बाबजुद पनि गीत सङ्गीतमा लागिरहने बताउँछन् ।