आमा सम्मान दिलमाया अधिकारीलाई

  प्रकाशित मिति
१ आश्विन २०७४, आईतवार १५:२५


ama
शनिश्चरे । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराइकी आमाको स्मृतिमा स्थापित ‘आमा सम्मान पुरस्कार’ यसबर्ष झापा अर्जुनधारा–९ की दिलमाया अधिकारीलाई दिइने भएको छ ।

अम्बिका प्रतिष्ठानको आइतबार बसेको बैठकले १० हजार नगदसहितको पुरस्कार दिलमायालाई दिने निर्णय गरेको हो ।

प्रत्येक वर्ष अष्टमीका दिन स्वर्गीय अम्बिका भट्टराईको तिथि परेको हुँदा सोही दिन सो पुरस्कार वितरण गरिने प्रतिष्ठानका महासचिव कुमार भट्टराईले बताए ।

२०१५ सालमा जन्मिएर मावलमै हुर्किएकी टुहुरी दिलमाया अधिकारीको २०२८ सालमा पति चिनबहादुर अधिकारीसँग विवाह भएको थियो । कान्छो छोरो ३ महिनाको नहुँदै क्षयरोगका कारण पति चिनबहादुरको निधन भएपछि उनले समाजमा पतिको ईज्जत राख्दै दुई छोराहरुलाई हुँर्काउँदाको पीडा कठोर र संघर्षशील भएको र दुवै छोरालाई योग्य बनाउन सफल भएको भनी उनलाई सम्मान गर्न लागिएको हो ।

दिलमायाका जेठा छोरा लोकबहादुर अधिकार (४०) र कान्छा छोरा अमरबहादुर अधिकारी (३६), एक नातिनी र ३ नाति र बुहारीसहितसँगै बस्दै आएका छन् । विगतका पीडाहरुलाई सम्झेर ल्याउँदा दिलमाया भन्छिन् –‘त्यस्ता दुःख कुनै महिलाहरुलाई नपरोस् ।’

स्वर्गीय अम्बिका पनि आफू जीवित रहँदा योग्य छोराछोरीलाई योग्य बनाउन उनले गरेको संघर्ष कम कष्टकर थिएन । प्रतिष्ठानले सोही कारण त्यस्तै सघर्षशील महिलालाई सो पुरस्कार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: