आयातित ‘भ्यालेन्टाइन डे’मा झुम्दै युवा जमात

  प्रकाशित मिति
२ फाल्गुन २०७७, आईतवार १०:४०


झापा, २ फागुन । आयातित संस्कृतिको रुपमा भित्रिएको भ्यालेन्टाइन डेले नेपाली युवालाई छ्याप्पै छोपेको छ ।

आज अधिकांश युवायुवती एकअर्कामा माया साटासाट गर्छन् । प्रेम प्रस्ताव राख्छन् र प्रणयका कुराकानीमा समय बिताउँछन् ।

विश्वभर नै १४ फेब्रुअरीको दिनलाई प्रणय दिवसको रुपमा मनाइन्छ । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावका कारण नेपालमा पनि विगत थुप्रै बर्षदेखि यसको प्रभाव युवामा परेको छ ।

खासगरी युवाले आफ्नी प्रेमिकालाई रातो गुलाफको फूल दिने चलन रहँदै आएको छ । नेपालमा गुलाफ धेरै उत्पादन नहुने भएकाले भारतबाट यसको आयात हुने गर्छ ।

युवामा यो दिवस लोकिप्रय भए तापनि नेपाली समाजमा यसले विकृति बढाएको आरोप लाग्दै आएको छ । आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराका बारेमा आकर्षण नदेखाउने तर विदेशी संस्कृतिलाई भने धुमधामका साथ मनाउने कार्य त्यति राम्रो नभएको मौलिक संस्कृतिका पक्षधरहरु बताउँछन् ।

पछिल्लो समयमा फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग बढेकाले युवा जमात यही माध्यमबाट भ्यालेन्टाइन सन्देश आदान प्रदान गर्न रुचाउँछन् ।

स्कुल पढ्दै गरेका कलिला केटाकेटीमा समेत भ्यालेन्टाइनको प्रभाव देखिएको छ । पार्कहरुमा आज घुमफिर गर्न जानेहरु धेरै पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: