आयुर्वेदमा जनविश्वास

  प्रकाशित मिति
३० भाद्र २०७३, बिहीबार १०:३७


untitled
भद्रपुर । केही दशक अघिसम्म घर–घरमा अस्पतालकै छनक दिनेगरी प्राकृतिक जडिबुटीको भण्डार हुन्थ्यो । अर्थात् कुनै न कुनै औषधी घरको आँगन वा फूलबारीमा रोपिएकै हुन्थ्यो ।

ठूल्ठूला रोग पनि जडिबुटीकै माध्यमबाट निको पार्न सकिन्थ्यो । अझै पनि पहाडी र हिमाली जिल्लामा प्राकृतिक र परम्परागत पद्धतिमै उपचार गरिन्छ । केही अपवाद बाहेक अधिकांश बिरामी निको हुन्थे । र, कुनै किसिमको ‘साइड इफेक्ट’ पनि हुँदैनथ्यो ।तर, पछिल्लो समय एन्टिबायोटिक औषधीको प्रयोगले मानिसमा रोगको निदानभन्दा पनि झनै समस्या थपिन थालेको छ ।

आमसर्वसाधारणले सामान्य समस्या हुँदा पनि दशथरि औषधी बोकेर घर फर्किंदा ‘मैले किन यतिका औषधी खाने ?’ भनेर सोच्न थालेका छन् । जो प्राकृतिक चिकित्सा पद्धतिमा विश्वास गर्छन्, उनीहरु स्वास्थ्य र निरोगी भएका उदाहरण धेरै छन् । त्यसैले प्राकृतिक उपचार पद्धतिमा सर्वसाधारणको विश्वास अझै बढ्दै गएको छ ।

विगत केही वर्षदेखि आयुर्वेद उपचार पद्धतिमा आममानिसको विश्वास बढ्दै गएको पाइएको हो । जिल्ला आयुर्वेद केन्द्र झापा तथा यस अन्तरगतका औषधालयबाट आर्थिक वर्ष २०७२÷०७३ मा २५ हजार ७ सय ४६ जनाले उपचार गराएका छन् । यसले पनि पछिल्लो समय आयुर्वेदको आकर्षणमा वृद्धि भएको पुष्टि हुन्छ ।

गत आर्थिक वर्षमा २२ हजार ७ सय ९४ जनाले मात्र नियमित आयुर्वेदिक स्वास्थ्य जाँच गराएका थिए भने यस आर्थिक वर्षमा १३ हजार ७ सय १७ महिला तथा १२ हजार ३ सय २९ पुरषले स्वास्थ्य जाँच गराएका छन् ।

यस आर्थिक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा तथा यस मातहतभित्र रहेका ७ वटा शाखाबाट सेवा लिने स्तनपायी आमा कार्यव्रmम अन्र्तगत ५ सय ६ जना, निःशुल्क आयुर्वेद स्वस्थ्य शिविरको सेवा लिने ३ सय ७२ जनाले सेवा लिएको आयुर्वेद निरीक्षक वैद्य मनोज पण्डितले बताए ।

उनका अनुसार पूर्वकर्म सेवा लिने ५ सय १३ जना, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापनको कार्यव्रmम अन्तरगत सेवा लिने २ हजार ३ सय ९७ जना र घुम्ती शिविर कार्यव्रmम अन्र्तगतको २ सय १४ जनाले आयुर्वेद पद्धतिबाट सेवा लिइसकेका छन् ।

विगत वर्षहरुमा भन्दा पछिल्लो पटक आयुर्वेदमा आकर्षण बढ्नुमा सेवाग्राहीप्रतिको प्रभावकारिता, भरपर्दो उपचार पद्धति, चेतनामा वृद्धि, साइड इफेक्टमा कमी लगायतका कारण रहेको पण्डितले बताए ।

उनले अन्य एलोपेथिक उपचार पद्धतिबाट ठिक नभएका बिमारी आयुर्वेद आउने गरेको र ठिक भएर जाने गरेको बताउँदै भने, ‘पहिला नै आयुर्वेदमा आएर उपचार गराउँदा अझ राम्रो हुन्छ ।’

उनले अन्यत्र उपचार गर्नुभन्दा आयुर्वेदमा आएर उपचार गरेमा शारीरिक र आर्थिक दुवै लाभ प्राप्त हुने बताए । ‘सुरुमै आयुर्वेद पद्धतिबाट उपचार गराउन आग्रह गर्छु’, उनले भने, ‘सरकारबाट स्वीकृत प्राप्त अयुर्वेद स्वस्थ्य संस्थाबाट मात्र सेवा लिनुपर्छ ।’

आयुर्वेदमा खासगरी ग्याष्ट्रिक बिग्रेका, मधुमेह, दम, उच्च रक्तचाप, वाथ, स्त्रीरोग लगायतका विमारी सेवा लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले जनाएको छ । यस कार्यालय र यस मातहतका कार्यालयबाट विभिन्न अभिपत्तिका चुर्ण, त्रिफला, सेतो प्लादी लगायतका असी प्रकारका औषधी निःशुल्क रुपमा प्रदान गरिँदै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: