आयुर्वेदिक उपचार गराउने बढे

  प्रकाशित मिति
४ भाद्र २०७५, सोमबार ०९:३६


भद्रपुर । भmापामा पछिल्लो तीन वर्षयता आयुर्वेद स्वास्थ्य संस्थाहरुमा उपचार गराउनेहरुको सङ्ख्यामा बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा ३० हजार २ सय ६९ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकोमा सो सङ्ख्यामा ह्वात्तै वृद्धि हुँदै २०७४÷७५ को असार मसान्त सम्ममा ४१ हजार ४५ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।

जसमा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को असार मसान्त सम्ममा ३० हजार ४ सय ८२ जनाले मात्र सो सेवा लिएका थिए । आर्थिक वर्ष २०७४÷७५ को असार मसान्त सम्ममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट मात्रै उपचार सेवा लिने पुरुष ४ हजार १ सय ६ र महिला ४ हजार ३ सय ७४ गरी जम्मा ८ हजार ४ सय रहेका छन् ।

यसैगरी, सोही आर्थिक वर्षमा झापाका विभिन्न ७ वटा आयुर्वेद औषधालयबाट मात्र पुरुष ११ हजार १० र महिला १२ हजार ५ गरी जम्मा २३ हजार १५ जनासहित कुल जम्मा ४१ हजार ४५ जनाले सेवा लिएका हुन् ।

गत आर्थिक वर्षबाट सुरु भएको विस्तारित सेवा अन्तर्गत पञ्चकर्म, क्षारसुत्र, फिजियोथेरापी, अक्युपञ्चर लगायतका विभिन्न ८ वटा विस्तारित सेवाबाट मात्र सेवा लिनेहरुको सङ्ख्या ५ हजार ४ सय ६२ पुगेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. केनिन राईले बताए ।

विस्तारित सेवाको प्रभावका साथै विभिन्न नसर्ने रोगबाट प्रतिरोधात्मक तथा उपचारात्मक सेवा लगायत स्वास्थ्य जीवनशैलीप्रतिको ज्ञान आयुर्वेदबाट भरपर्दो हुने भएकाले पनि मानिसहरुमा आयुर्वेदप्रतिको जनविश्वास बढेको हुनसक्ने डा. राईको भनाइ छ ।

उच्च रक्तचाप, मधुमेह, दम, मुटु रोग, मृगौला लगायतका विभिन्न प्रकारका बिमारीहरु आयुर्वेद स्वास्थ्य संस्थाहरुमा आउने गरेको केन्द्रका बैध निरीक्षक मनोज पण्डितले बताए । विषादीयुक्त खाना, मानसिक तनाव तथा दिनदिनै बढ्दै गइरहेको उच्च रक्तचापका कारणले मानिसलाई रोगले च्याप्ने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: