आयोजकसँग मनाङ हार्यो

  प्रकाशित मिति
४ फाल्गुन २०७६, आईतवार २०:०१


झापा । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ ।

पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय गरेको हो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ‘ए’ डिभिजन क्लब मनाङलाई हराएको हो ।

खेलको ५० औँ मिनेटमा आयोजक टिमका मनिष थापाले पहिलो गर्र्दै खेलमा खाता खोलेका थिए । आशिष राईको क्रस पासलाई थापाले बललाई जाली चुमाएका थिए ।

यसअघि खेलको १९ औँ मिनेटमा आयोजकै थापाको प्रहार बाहिरिएको थियो ।

२२ औँ मिनेटमा आयोजकका गोलकिप्पर मनोज प्रधानले विपक्षीको हेडर उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मनाङको प्रहार विपक्षी गोल किप्परबाट फुस्किए पनि मनिष थापाले हेडरमार्फत सुन्दर बचाउ गरे ।

खेलको ३८ औँ मनाङका सुशील लामाको प्रहार आकाशिएको थियो । उनले २३ औँ मिनेटमा निशान लिम्बूलाई विस्थापित गरेर मैदान प्रवेश गरेका थिए ।

४० औँ मिनेटमा मनाङका क्याप्टेन कमल श्रेष्ठको फ्रिकिक प्रहार ब्लक भएर बाहिरिएको थियो ।

त्यस्तै, मनाङका अञ्जन विष्टको क्रस प्रहार आयोजकका क्याप्टेन सजित राईले क्लियर गरिदिएका थिए ।

खेलको ७० औँ मिनेटमा विष्टले डिएरिया नजिकबाट गरेको फ्रिकिक प्रहार पनि पोस्टनजिक बाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच गोलकर्ता मनिष थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउने छ । आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

गोल्डकपको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले एक कार्यक्रमका बीच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: