आयोजक अर्जुनधारा गोल्डकपको फाइनलमा

  प्रकाशित मिति
१३ आश्विन २०७९, बिहीबार १९:५१


अर्जुनधारा, १३ असोज । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । जसको निर्णायक गोल ११औँ प्रहारबाट सम्भव भयो ।

अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजकले सडनडेथमा ९–८ गोलले सैनिकलाई पराजित गर्यो । जितसँगै आयोजकले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । आयोजक फाइनल पुग्ने पहिलो टोली हो ।

टाइब्रेकरमा पनि समान ५–५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । खेलको पहिलो गोल भने आयोजकका लागि पुजन राईले गरेका थिए । आयोजकका लागि पुजनले नै दुवै गोल ९ र १९औँ मिनेटमा गरेका हुन् ।

तर, खेलको २८औँ मिनेटमा योगेन्द्र तामाङको सुन्दर गोलबाट सैनिक खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सैनिकले खेललाई बराबरीमा पुर्यायो । सैनिकका लागि दिलन लोक्तामले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आयोजकका पुजन राई घोषित भए । उनले आयोजकका तर्फबाट नगद १५ सय पाए । शुक्रबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र भारतको रथखोला एफसीबीच हुने प्रचार संयोजक कमल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: