सबै तहमा बचत सहकारीको समिति बन्ने

  प्रकाशित मिति
३० पुष २०७५, सोमबार १०:३५


मेचीनगर । अब झापाका १५ वटै स्थानीय तहमा नगर तथा गाउँपालिका स्तरीय बचत तथा ऋण सहकारी संस्थाको समन्वय समिति गठन गरिने भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाको सोमवार काँकरभिट्टामा सम्पन्न सातौं वार्षिक साधारण सभाले विनियम संशोधन गर्दै स्थानीय तहमा समन्वय समिति गठनको निर्णय पारित गरेको हो ।

जिल्ला सङ्घका सचिव लीलाप्रसाद भण्डारीका अनुसार समन्वय समितिमा एक अध्यक्ष र एक सचिव रहने छन् भने एक महिलासहित ३ जना सदस्य रहने छन् ।
नेपाल बचत तथा ऋण सहकारी राष्ट्रिय महासङ्घ (नेफ्स्कुन)का केन्द्रीय कोषाध्यक्ष केशव पोखरेलले काँकरभिट्टास्थित खानेपानी सभाहलमा आयोजित एक कार्यक्रममा पानसमा दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष पोखरेल र विशेष अतिथि मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन सत्रमा मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष घनश्याम अधिकारीले गरेका थिए भने सचिव लीलाप्रसाद भण्डारीले उद्घोषण र उपाध्यक्ष तुलाराम न्यौपानेले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

अध्यक्ष अधिकारीले ‘सहकारी व्यवस्थापन’ विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
हाल संस्थामा झापाका क्रियाशील १ सय ४७ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: