आरजु बनिन् मिस नेवा

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार २२:३३


miss

विर्तामोड । पूर्वमा पहिलोपटक आयोजना भएको मिस नेवा पूर्वाञ्चलको ताज धुलावारीकी आरजु श्रेष्ठले पहिरिएकी छन् ।

विर्तामोडको टाइम स्क्वायरमा शनिवार भएको ग्रान्ड फिनालेमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै आरजु ‘विनर’ घोषित भएकी हुन् ।

नेवा देय दबु झापाले प्रतियोगिताको आयोजना गरेको हो । यसमा पूर्वाञ्चलभरिका नेवारी युवतीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा झरना श्रेष्ठ ‘फस्ट रनर अप’ र बुद्ध शान्तिकी सञ्जीता श्रेष्ठ ‘सेकेन्ड रनर अप’ भएकी छन् ।

विजेता आरजुले ३१ हजार रुपैयाँ नगद पुरस्कार र ४ लाख ४८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाएकी छन् ।

यसैगरी, फस्ट रनर अप झरनाले २१ हजार रुपैयाँ नगद पुरस्कार र २ लाख २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाएकी छन् ।
सेकेन्ड रनर अप सञ्जीताले ११ हजार रुपैयाँ नगद र १ लाख १२ हजारको छात्रवृत्ति पाएकी छन् ।

प्रतियोगितामा काठमाडौकी मिस नेवा सरना स्थापित, पत्रकार उमाकान्त खनाल र स्वजन रघुबंशी निर्णायक थिए ।
नेवा मिसा दबुको केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति प्रमुख अतिथि र नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास विशेष अतिथि रहेको ग्रान्ड फिनालेमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरी लगायतका अतिथिहरु थिए ।

तिलरुपा श्रेष्ठले स्वागत र नेवा देय दबुका झापा अध्यक्ष दिनेश शाक्यले धन्यबाद मन्तब्य राखेको कार्यक्रमको सञ्चालन उषा श्रेष्ठ र एलसी श्रेष्ठले गरेका थिए । कार्यक्रमको व्यवस्थापन विर्ता मिडिया इन्टरनटेन्टमेन्ट प्रालिले र कोरियोग्राफी एलसी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: