आरडीटी परीक्षणमा एकजना पोजेटिभ

  प्रकाशित मिति
४ असार २०७७, बिहीबार १९:२९


मेचीनगर । भारतको कोरोना प्रभावित क्षेत्रबाट आउने नेपाली नागरिकहरुको काँकरभिट्टामा आडीटी परीक्षण धमाधम भइरहेको छ ।

भारतको दिल्ली, मुम्बई, महाराष्ट, चेन्नई, बेङ्लोर लगायत कोरोना प्रभावित विशेष क्षेत्रबाट आउने नेपालीहरुको काँकरभिट्टामा आडीटी परीक्षण धमाधम भइरहेको हो ।

मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा नेपाली सेना लगायतको संयुक्त स्वास्थ्यकर्मीको टोलीले भारतबाट आएका नेपालीहरुको कोरोना सम्बन्धि आरडीटी लगायतको चेकजाँच गरिरहेको छ ।

विहीबार भारतबाट आएका २३ जना नेपालीहरुको आरडीटी परीक्षण गरिएको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले बताए ।

उनले २३ जना मध्ये भोजपुरका १ जना पुरुषमा आरडीटी पोजेटिभ भेटिएको बताए ।

उनलाई मेची क्याम्पसको क्वारेन्टाइनमा पठाइएको छ ।

योसँगै नाकामा हालसम्म आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका ११ जना पुगेको संयोजक कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: