आरडीटी पोजेटिभ देखिएका छैजना मेचीनगरका

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार २०:५२


।। अर्जुन कार्की ।।

मेचीनगर । आइतबार भारतबाट आएर कोरोना जाँच गर्दा आरडीटी पोजेभिट देखिएका ६ जना मेचीनगरको भएको खुलेको छ ।

मेचीनगरका ६ जनामा एक महिलासहित ५ जना पुरुष भएको खुलेको हो ।

५ जना पुरुष भारतको मुम्बईबाट आइतबार मेचीपुल आएका थिए भने एक जना महिला तीनदिन अघि नक्सबारीबाट आएकी थिइन् ।

६ जनामध्ये ४ जना युवक मेचीनगर वडा नम्बर २ का हुन् । उनीहरु २१, २२, २८ र ३१ वर्षका छन् ।

अर्का एक जना युवक मेचीनगर वडा नम्बर ३ का हुन् । उनी ४४ वर्षका छन् ।

नक्सलबारीबाट आएकी १७ वर्षकी युवती मेचीनगर वडा नम्बर ६ की हुन् । उनी तीनदिन अघि मात्र काँकरभिट्टा आएकी थिइन् ।

उनलाई काँकरभिट्टा माविको क्वारेन्टाइनमा राखिएको थियो । उनी नक्सलबारीको आफन्तको घरमा बसेर पढ्दै थिइन् ।

उनीसँगै क्वारेन्टाइनको कोठामा बसेका अरु तीन जना महिलाको पनि पीसीआर टेष्ट गरिएको छ ।

आरडीटी पोजेभिट देखिएका ६ जनाकै आइतबारै ईटाभट्टा स्थित आर्दश माविको क्वारेन्टाइनमा पीसीआर टेष्ट गरिएको थियो ।

उनीहरु सबै जनालाई मेची क्याम्पसको क्वारेन्टाइनमा लगिएको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: