आरडीटी पोजेटिभ देखिएका मेचीनगरका ६ सहित ५५ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ

  प्रकाशित मिति
३० जेष्ठ २०७७, शुक्रबार १०:३५


।। अर्जुन कार्की ।।

मेचीनगर । गत आइतबार भारतबाट आएर कोरोना जाँच गर्दा आरडीटी पोजेभिट देखिएका मेचीनगरका ६ जनासहित ५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मेचीनगरका ६ जनामा एक महिलासहित ५ जना पुरुषमा आरडीटी पोजेभिट देखिएको थियो ।

उनीहरुसहित मेचीनगरका ५५ जनाको पीसीआर टेष्ट गरेर विराटनगर स्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न पठाइएको थियो ।

उक्त अस्पतालले शुक्रबार मेचीनगरका ६ जनाको आरडीटी पोजेटिभसहित ५५ जनाको पीसीआरको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

६ जनामध्ये ५ जना पुरुष भारतको मुम्बईबाट गत आइतबार मेचीपुल आएका थिए भने एक जना महिला नक्सलबारीबाट आएकी थिइन् ।

तीमध्ये ४ जना युवक मेचीनगर वडा नम्बर २ का २१, २२, २८ र ३१ वर्षका छन् । अर्का एक जना युवक मेचीनगर वडा नम्बर ३ का हुन् । उनी ४४ वर्षका छन् । नक्सलबारीबाट आएकी १७ वर्षकी युवती मेचीनगर वडा नम्बर ६ की हुन् ।

मेचीनगर नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नविन बरालले आरडीटी पोजेटिभ देखिएका नगरका ६ जनासहित ५५ जनाको रिपोर्ट शुक्रबार नेगेटिभ आएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: