आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ ः उपप्रधानमन्त्री पोखरेल

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १८:३९



झापा, २९ पुस । उपप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताए ।

नेकपा झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोप पत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताएका हुन् ।

उनले आरोप पत्र फिर्ता सँगै दाहाल–नेपाल समूहले सरकारले बैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुईमत नरहेको बताए । उनले पार्टी एकता नभए केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दावी गरे ।

मन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सुर्य चिन्हका बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, “प्रम ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्यूनिष्ट पार्टीको आधिकारिक पार्टी हो । सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाईहरुले धेरै चिन्ता लिनुपर्दैन ।”

उनले दाहाल– नेपाल समूहले हास्यास्पद मुद्दाहरु झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाए । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दवाव दिएको नेता पोखरेलेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: