आर्थिक पत्रकार समाज (सेज) मा रोहित

  प्रकाशित मिति
२७ माघ २०७२, बुधबार ११:४८


rohit kafle

विर्तामोड । राजधानी बाहिर पनि विषयगत पत्रकारिताको विकास हुँदै गइरहेको सन्दर्भमा झापामा आर्थिक पत्रकार समाज (सेज) गठन भएको ।

झापामा रहेर आर्थिक विषयवस्तुमा बढीभन्दा बढी कलम चलाउने पत्रकारहरुको विर्तामोडमा बुधबार सम्पन्न भेलाले भद्रपुरबाट नियमित प्रकाशित आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्लेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
भेलाले ३ सदस्यीय सल्लाहकार समिति तथा ३ सदस्यीय विधान मस्यौदा समिति पनि चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गोपाल झापाली (कारोबार), सचिवमा पुष्प खड्का (आर्थिक अभियान), सहसचिवमा तुलसीप्रसाद निरौला –कारोबार) र कोषाध्यक्षमा लक्ष्मी उप्रेती (जनसंसद) चयन भएका छन् । सदस्यहरुमा अनिल ढुंगाना (निर्माण लहर), लक्ष्मी काफ्ले (प्रतिदिन), विष्णुप्रसाद पोखरेल –दमक), चेतन विष्ट (धुलाबारी), गंगा बराल (निर्माण लहर), पङ्कज शर्मा (लोकतनत्र पोष्ट) चयन भएका छन् ।

तीन सदस्यीय सल्लाहकार समितिमा सन्तोष अग्रवाल, यम विमली र भाष्कर शर्मा रहेका छन् ।

आर्थिक पत्रकारिताको विकास र आर्थिक पत्रकारहरुको हकहित सुरक्षित गर्ने उद्देश्यले गठित समाजले तीन महिनाभित्र समाजको विधान तयार गरी स्थानीय प्रशासनमा दर्ता गर्ने र झापामा आर्थिकसम्बद्ध सरकारी निकाय तथा निजी आर्थिक क्षेत्रका सङ्घ–संस्थासँग समन्वय गरी आर्थिक विषयका पत्रकारिता तालिम–प्रशिक्षण सञ्चालन गर्ने अध्यक्ष काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: