सत्ताको फोहोरी खेलले देशको विकास हुँदैन

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १३:२६


baburam
झापा, २२ साउन । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले शनिबार झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताए ।

उनले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताए ।

संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भने– गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ । विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: