आर्मीलाई हरायो रुपन्देहीले

  प्रकाशित मिति
५ मंसिर २०७३, आईतवार १७:३८


कनकाई, ५ मंसिर । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउँदै रुपन्देही–११ विजयी भएको छ ।

पहिलो हाफको ३५ औं मिनेटमा रुपन्देहीका लागि जर्सी नम्बर १२ का खेलाडी दिपक राईले पहिलो गोल गरे । त्यस्तै, दोस्रो हाफको ७ मिनेटमा पुनः उनैले अर्को गोल थपे । दोस्रो हाफको ३४ औं मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले गोल गरे ।

कनकाई माविमा भएको खेल मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको मुख्य प्रायोजन सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, चारपानेले गरेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने खेल आयोजक समितिका आर्थिक समिति संयोजक कुमारमणि पोखरेलले बताए । सोमबार झापा–११ र आर्मी पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ आयोजक सुरुङ्गा जेसीजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: