‘आर्मी पुलिसको मात्र गणतन्त्र दिवस होइन’

  प्रकाशित मिति
१५ जेष्ठ २०७३, शनिबार १२:३३


ram kumari jhakri

मेचीनगर । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले आर्मी, पुलिस र निजामति कर्मचारीले मात्र मनाउने हो भने गणतन्त्र दिवसको सार्थकता नहुने बताएकी छिन् ।

नवौँ गणतन्त्र दिवसको अवसर पारेर शनिवार युवा सङ्घ नेपाल मेचीनगर कमिटीले आयोजना गरेको नगरस्तरीय महिला भेलालाई सम्बोधन गर्दै नेतृ झाक्रीले त्यस्तो टिप्पणी गरेकी हुन् ।

राजनीतिक दलहरूले गणतन्त्रको अपनत्व लिन नसकेसम्म सरकारी तहमा सीमित गरेर मात्र दिवस सार्थक नहुने बताइन् । उनले कुनै पनि दिवसलाई सार्थक तुल्याउन सरकारी विदाको जरुरत समेत नपर्ने बताइन् ।

‘गणतन्त्र जनताले ल्याएको हो र यो दिवस पनि जनताकै हुनुपर्छ’, सरकारी स्तरमा मात्र दिवस मनाउने गरिएकोमा असन्तोष व्यक्त गर्दै उनले थपिन्–‘राजनीतिक दलहरूले गणतन्त्रको अपनत्व जनतामा अनुभूति गराउन सकेका छैनन् ।’

उनले महिलाहरूलाई राजनीतिमा आउन समेत आग्रह गरिन् । उनले कसैको देखासिकीमा नभई आफ्नै सामथ्र्यमा राजनीतिमा आए मात्र महिलाको अधिकार स्थापित हुने बताइन् ।

युवा सङ्घ नेपालका नगर अध्यक्ष सरोज मेहराको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा नेकपा एमालेका क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, जिल्ला सदस्य मीना उप्रेती, युवा सङ्घ नेपालका सचिवालय सदस्य राजु कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यव्रmममा जिल्ला सदस्य देवकुमार राई, भूपाल शिवाकोटी, महिला नेतृहरू रेणुका डाँगी, पुष्पा भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

सङ्घका उपाध्यक्ष मानबहादुर तामाङले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सीमा राईले गरेकी थिइन् ।
त्यसैगरी भेलाले नगरस्तरीय समिति सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: