आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार १०:५२


भद्रपुर । आर्मी हुँ, व्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ बर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाको आदेशमा कारागार चलान गरेको छ ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिका समेत गरी १० जनाबाट जम्मा रु. ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रवार रु. ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । सोही माग बमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनले पसलेहरुलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँ अनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उहाँको भनाई छ । राउतका नाममा मोरङ्ग, सुनसरी, उदयपुर लगायतका बिभिन्न जिल्लाहरुमा समेत मुद्दा दर्ता भएको छ । भद्रपुर नगरपालिका १० निवासी उनलाई गत चैत ६ गते काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: