इजरायलमा पनि प्रधानमन्त्रीद्वारा संसद् विघटन

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार १८:५४


झापा, ८ पुस । इजरायल सरकारले संसद् विघटन गरेको छ ।

बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ ।

इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घोषणा भएको हो ।

पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो । गत मे महिनामा प्रधानमन्त्री नेतान्याहुले रक्षामन्त्री बेनी गान्ट्जको पार्टीसँग मिलेर संयुक्त सरकार बनाएका थिए ।

यद्यपि सत्तारुढ गठबन्धनमा देखिएको आन्तरिक विभाजन बढ्दै गएसँगै सरकारले संसद् विघटन गर्ने निर्णय गरेको हो ।

तीन वर्षे यो कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो ।

गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अनुमोदनको लागि नेतान्याहूले अस्वीकार गरेका हुन् ।

गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पारित गराउने म्याद थियो । तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन ।

नेतान्याहूले आफूले निर्वाचन नचाहेको तर गान्ट्जको कारण निर्वाचनमा जानुपर्ने बाध्यता आइपरेको बताएका थिए ।

यसअघि भएको सम्झौता पनि गान्ट्जले पालना नगरेको नेतान्याहूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: