इजलास दैनिक चौथो वर्षमा

  प्रकाशित मिति
१ बैशाख २०७७, सोमबार १९:४८


झापा । बिर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक चौथो वर्षमा प्रवेश गरेको छ ।

२०७४ बैशाख १ गतेबाट नियमति प्रकाशित हुँदै आएको इजलास सोमबारबाट चौथो वर्षमा प्रवेश गरेको हो ।

टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले गत वर्षबाट आफ्नो अनलाईन संस्करण इजलास डट कम समेत सञ्चालन गर्दै आएको छ ।

झापाको कान्छो दैनिक पत्रिका इजलास दैनिकले आगामी दिनमा आम नागरिकको आवाजलाई मुख्य प्राथमिकतामा राखेर नियमित प्रकाशन गर्ने टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य समाचारको लागि इजलास दैनिकलाई नागरिकको मुख्य सूचनाको स्रोतको रुपमा विकास गर्दै लैजाने पत्रिकाका सम्पादक प्रदीप परियारले बताए ।

यहि वर्षबाट अखवारलाई १ नम्बर प्रदेश स्तरीय बनाउने तयारी गरिएको सम्पादक परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: