इटहरी-धरान सडक : १४ सय रुख काटिदै

  प्रकाशित मिति
१० श्रावण २०७७, शनिबार ०९:१५


इटहरी, १० साउन । चौध सय रुख काट्ने निधो भएपछि इटहरीको तरहराबाट धरानसम्म ६ लेनको फराकिलो सडक निर्माणका लागि काम बल्ल सुरु भएको छ ।

६ लेन सडक आयोजना कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार तरहरादेखि धरानको तीनकुनेसम्मको सडकको ९ किलोमिटर क्षेत्रमा चारकोशे झाडीको घना जङ्गल छ ।

अहिले विराटनगरदेखि इटहरीको तरहरासम्मको काम धमाधम भइरहेको छ । कमभन्दा कम सङ्ख्यामा रुख काटेर सडक निर्माण गर्ने रणनीति अनुरुप काम अघि बढाइएको शर्माले बताए ।

तरहरादेखि धरानसम्म चारकोसे झाडीको ९ किलोमिटर ६ लेन सडक निर्माणको ठेक्का लागेसँगै १४ सय रुख काटिने भएको छ । स्काभेटर तथा अन्य औजारहरूको प्रयोग गरी सडक निर्माणमा बाधक रहेका काँचा रुखहरू काट्न थालिएको हो ।

तरहरादेखि धरानसम्मको चारकोसे झाडीको सडक भने ४ लेनको मात्र हुने शर्मा बताउँछन् । धेरै रुख जोगाउन चारलेनको सडक मात्र बनाइएको हो ।

सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ ११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ भने जङ्गलमा ड्रेन तथा फुटपाथ बनाउनु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: