इटाभट्टाको प्राइम बैँककी महिला कर्मचारीलाई कोरोना

  प्रकाशित मिति
५ भाद्र २०७७, शुक्रबार १६:४९


मेचीनगर, ५ भदौ । मेचीनगर–७, इटाभट्टा स्थित प्राइम बैैँककी २५ वर्षीया महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका मेचीनगरका ४ जना मध्ये एकजना उक्त बैैँककी महिला कर्मचारी रहेको पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका बैैँककी महिला कर्मचारी बुद्वशान्ति गाउँपालिका–३ की हुन् ।

आज थपिएका चारैजना काँकरभिट्टास्थित सामुदायिक भवनमा पाँच दिनअघि स्वाबको नमुना संकलन गरिएको थियो ।

धरान स्थित कोभिड अस्पतालको प्रयोगशालाले शुक्रबार दिएको रिपोर्ट अनुसार मेचीनगर–६ की २५ वर्षीया महिला, मेचीनगर–८ का २१ वर्षीय पुरुष, मेचीनगर–२ की १० वर्षीया बालिका र बुद्वशान्ति–३ की २५ वर्षीया महिला रहेको सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।

बुद्धशान्तिकी महिलाबाहेक अरु सबैलाई धाइजनस्थित आइसोलेसन वार्डमा राखिएको छ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०६ पुगेको छ ।

उपचारपछि निको भएर घर फर्किने ९२ जना पुगेका छन् । जसमा ७ जना शुक्रबार धाइजनको आइसोलेसन वार्डबाट निको भएर घर फर्किएको संयोजक बरालले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: