इटाभट्टामा खुल्यो पुल हाउस

  प्रकाशित मिति
११ असार २०७५, सोमबार १८:४६


मेचीनगर । युवाहरुलाई लक्षित गरी मेचीनगरको इटाभट्टामा सुविधासम्पन्न स्नोकर पुल हाउस सञ्चालनमा आएको छ ।

स्थानीय युवा व्यवसायीहरु बालकृष्ण ढुङ्गाना र कञ्चन बरालले १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको उक्त स्नोकर हलको उद्घाटन एभरेस्ट बोर्डिङ स्कुलका विद्यार्थी कृषा ढुङ्गाना, मानुसी अधिकारी र रोमिशा बरालले संयुक्त रुपमा रिवन काटेर गरे ।

स्नोकर खेल्ने खेलाडीहरुका लागि विभिन्न सुविधाहरु समेत रहेका छन् । एसीसहित हल, फ्री वाइफाइ र एलइडीको व्यवस्था गरिएको सञ्चालक बालकृष्ण ढुङ्गानाले बताए । इटाभट्टास्थित सिटी सिनेमा हल अगाडि रहेको उक्त स्नोकरमा आगामी दिनमा थप सुविधा बढाउँदै लगिने अर्का सचालक कञ्चन बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: