इटाभट्टा । प्रथम जिल्लास्तरीय कराँते प्रतियोगिता २०७५ शनिबार इटाभट्टामा आयोजना हुँदैछ ।
इटाभट्टा डोजोको आयोजना तथा प्रतिभा युवा परिवारको सह आयोजनामा स्थानीय आदर्श मावि परिसरमा प्रतियोगिता हुनेछ ।
मेचीनगर–८ नम्बर वडा कार्यालयको सहयोगमा हुने प्रतियोगितामा झापाका १७ वटा विभिन्न डोजोका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न एशियन कराते रेफ्रिकुमार उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरिएको आयोजक डोजोका प्रशिक्षक मदनकुमार भण्डारीले बताए ।
प्रतियोगितामा छात्र÷छात्रातर्फ एकल काता, कुमुते तथा २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५० केजी माथि तौल समूहमा प्रतिष्पर्धा हुने जनाइएको छ ।
……………………..