इटाभट्टामा टाउन हल र सिटी सिनेमा बन्ने

  प्रकाशित मिति
२७ माघ २०७३, बिहीबार २१:०५


इटाभट्टा । मेचीनगरमा सुविधा सम्पन्न अत्याधुनिक टाउन हल र सिटी सिनेमा हलको निर्माण कार्य सुरु भएको छ ।

मेचीनगर–१२ इटाभट्टा चोकस्थित राधिका घिमिरेको ११ कठ्ठा जग्गामा गत सोमबारदेखि टाउन हल र सिटी सिनेमा हलको एकैसाथ निर्माण कार्य सुरु भएको हो । इटाभट्टा चौकबाट दक्षिणतर्फ एफएम मेची ट्युन्सको कार्यालय भवनको पूर्वपट्टिको जग्गामा निर्माण हुने हलको राधिका घिमिरेले औपचारिक रुपमा शिलान्याश गरेकी छिन् ।

उक्त जग्गामा २ सय सिट क्षमताको र २ वटा स्क्रिन भएको अत्याधुनिक डल्वी डिजिटल प्रविधिको सिनेमा हल र करिब ५ सय जनासम्म अटाउन सक्ने क्षमता भएको टाउन हल निर्माण हुने सञ्चालक प्रज्जवल घिमिरेले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गामा करिब ६ करोड रुपैयाँको लागतमा विवाह, पार्टी, सभा, समारोहका लागि उपयुक्त टाउन हल र व्यवस्थित सिटी सिनेमा हल निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: