इटाभट्टामा सिटी सिनेमा

  प्रकाशित मिति
८ चैत्र २०७४, बिहीबार ०९:५२


इटाभट्टा । मेचीनगरको इटाभट्टामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आउने भएको छ ।

विआर ग्यालेरीको पोडक्सन रहेको थ्री डि को सिटी सिनेमा हल सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।

२०६४ सालदेखि इटाभट्टा क्षेत्रमा एफएफ मेची ट्युन्स सञ्चालन गर्दै आएका सञ्चार उद्य्यमी प्रज्जवल घिमिरेले सञ्चालनमा ल्याउन लागेको उक्त हल यहि चैत महिनाभित्र सञ्चालनमा आउने छ ।

४ करोडको लागनीमा निर्माण गरिएको निर्माण भएको उक्त सिनेमा हलको निर्माण कार्य लगभग सकिएको छ । उक्त हल गत बैशाख महिनाबाट काम गर्न सुरु गरिएको थियो ।

२ सय २० सिट क्षमता रहेको उक्त हलमा डब्ली डिजिटल साउण्ड, फोर के प्रोजेक्टर, लक्जरी सिटको व्यवस्था, ३ डि पर्दा, फुल एसीको व्यवस्था रहेको सञ्चालक प्रज्जवल घिमिरेले बताए । साथै हल परिसरमा सुविधा सम्पन्न सामुदायिक हल, सिटी मार्केट समेत सञ्चालनमा रहनेछ । हल सञ्चालनमा आएपछि २० जना स्थानीय युवाहरुले प्रत्यक्ष रोजागारी पाउने सञ्चालक घिमिरेले बताए ।

मेचीनगरको केन्द्रविन्दुमा रहेको इटाभट्टालाई व्यवसायिक क्षेत्रका रुपमा थप विकास गर्दै लैजाने उदेश्यका साथ हल सञ्चालनमा ल्याएको सञ्चालक घिमिरेले बताए । साथै उनले सानै देखि यहि क्षेत्रमा रहेर काम गरेको अनुभव हासिल गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: