इथोपियाहरूदेखि नेपालसम्म मडारिरहेको भोकयुद्ध

  प्रकाशित मिति
१८ पुष २०७२, शनिबार ०७:३८


tejraj

आज म सशक्त प्रगतिवादी कथाकार प्रा. कपिल लामिछानेको भोकयुद्ध कथा सङ्ग्रह हातमा राखेर पल्टाइरहेको छु । मलाई भोक युद्धले विश्वका कयौँ देशतर्फ धकेलिरहेछ । म यो सङ्ग्रहका भोकयुद्ध भोक उन्मूलन सहितको रगतका कथाहरूले म आव्रmान्त छु–विश्वका डरलाग्दा भोक युद्धहरूका कहालीलाग्दा कथा व्यथातिर जबरजस्ती प्रवेश गरिरहेछु ।

भोक नै मानव इतिहासको सबैभन्दा प्रभावकारी विषय हो । भोकले के गरेन र । विश्वका मानिस भोकबाट–उत्पन्न भोकयुद्धको डरलाग्दो विभिषिकातर्फ होमिएका छन् । इथोपिया–भोक युद्धमा नै गज्रिरहेको छ । यो भोक युद्धले त्यहाँका राजा हेलसेलासीलाई अपहरण गरेपछि पनि भोकको अन्त्य भएन । त्यहाँको अन्न भण्डार मानिने इरिटिया, नै सबैभन्दा भोकको शिकार भयो । अन्न सङ्कटले इथोपिया अहिलेसम्म कहालीलाग्दो अवस्थामा रहेको छ । हेलसेलासीको समाप्ति पछि इथोपिया गणतन्त्र त भयो तर त्यहाँको कहाली लाग्दो अनिकाल साम्य भएन । त्यहाँका भोका जनताले के गरेनन् र, के खाएनन् र ।

विश्वमा अनिकाल ग्रस्त रहेका मुुलुकमा रुवाण्डा, सोमालिया, बुरुण्डी, हाइटीमा रहेको भोकको महामारीले भिषण भोकयुद्धको सृजना गर्यो । विश्वको ध्यान आकर्षित भयो । लाखौलाखौं मान्छे खान नपाएर भोक भोकै मरे । झारपात खाए, रुखका बोव्रmा खाए, पशुपंक्षी केही रहेनन् । मान्छेले मान्छे खायो । भोक कति भयावह हुन्छ–भोकयुद्ध कति भयावह हुन्छ–विश्वमा घटेका भोकयुद्धको सानो फेरिस्ता माथि दिइयो ।

यस्ता भोकयुद्ध विश्वका धेरै ठाउँमा भएका छन् । मेरो हातमा भोकयुद्धको एक किताब छ म पढ्दै छु– र विश्वका कयौँ मुलुकमा भएका भोकयुद्धका कथा व्यथाको एकपछि एक घटनाहरूको स्मरणमा म चुर्लुम्म डुबेर कथाकार कपिल लामिछानेले उठाएका भोक कथाहरूलाई नजिकबाट हेर्ने कोशिस गरिरहेछु ।

भोकका र प्राण रक्षाका कारण सयौं देशमा यृह युद्ध भएका छन् । मानव संहार भएको छ । विश्वका कहालिलाग्दा भोक पीडित मानिसमा ध्यान केन्द्रित गर्दै लान्छु र कपिलजीले उठाउनु भएको मेरो देशको भोक युद्धतर्फ मन डुलाउन पुग्छु ।

कपिलजीको भोक युद्ध कथासङ्ग्रह २०४५ देखि २०४८ सम्म लेखिएका कथाहरूको सङ्ग्रह हो । २०४६ बाट खुल्ला रुपमा निरङ्कुश राजाको शासन विरुद्ध हामी नेपाली जनताले थालेको राजनीतिक युद्ध आज राजतन्त्र फ्याँकेर गणतन्त्रको झण्डा मुनी टुव्रmुक्क बसेर यी अक्षरहरू लेखिरहेछु । निरङ्कुश राजतन्त्र फ्याल्नु मात्र भोका जनताको समाधान होइन । इथोपियाका निरङ्कुश राजा हेल्सेलासीलाई फालेपछि गणतन्त्र भए पनि त्यहाँका राजनीतिक दलका मानिस जनताप्रति समर्पित नभइदिएका कारण त्यहाँ अहिले पनि भोक युद्ध चर्किरहेको छ । म देश तर्फ फिर्छु घरि–घरि इथोपियातर्फ पनि पुग्छु । विश्वका साम्राज्यवादी मुलुक जो असिम धनराशी च्यापेर गरीब देशलाई शोषण गरिरहेछन् हामी पनि गणतन्त्र शब्दले मात्र अघाउँछौं होला त ? भोका जनताको आवाजलाई मुखबुजो लगाउन मेरो देशमा पनि पूँजीवादीहरूका नाइकेका युद्ध पोतहरू यतै फर्किएका देख्ने गर्छु ।
साम्यवाद र समाजवादको चर्को नारा जनतामा पस्किनेहरूकै पनि राजधानीमा विशाल महलहरू देखिन्छन् । तीनै महलहरूबाट गरीब दुःखी सर्वहाराको दोहन भइरहेको पनि छ । लेखक कविहरू चेतनाको शङ्खघोष गर्छन्–देशमा घट्न सक्ने दुर्घटनाको पूर्वसूचना दिने पनि गर्छन् । यही व्रmममा कथाकार लामिछानेको भोक युद्धले पनि प्रष्टसँग अब हुन सक्ने परिणामको सङ्केत दिएको पाइन्छ ।

म कहिले काँही कल्पनामा रम्ने गर्छु–भोक नलाग्ने भएको भए कस्तो मज्जा आउँथ्यो होला । यस्ता कल्पनामा घोरिँदा घोरिदैं भोक लाग्न थाल्छ । मानिस भन्ने गर्छन्–यो पेट पापी छ, पेटले के गराउँदैन र । यो पेट कहिल्यै भरिँदैन भोक लागि नै रहन्छ । यस्तो अन्तर्राष्ट्रिय महŒवपूर्ण भोक विषयलाई शीर्षक बनाएर प्रा. लामिछानेले–कथा लेख्नु भएको छ । भोकको विभिषिकाले लपेटिसकेपछि त्यसको परिणाम घातक हुन्छ भन्ने सङ्केत कथाहरूले दिएका छन्–

‘कुनै धार्मिक सज्जन चना–मकै परेवा र बाँदरका लागि छर्दै छ । त्यो देखेर कति दिनदेखि सुकेको उसको मुखमा ¥याल आउँछ ।……… ऊ भकाभक मकै, चना परेवाको विष्टा जे पायो त्यो सोहोरेर मुखमा हाल्न थाल्छ । आत्तिदै चपाउँछ ।’
–(भोक युद्ध )
‘ठूला बडाका कुकुरले बसी बसी नियमित रुपमा केक, मासु र सेवा पाउँछन् तर उ मानव सन्तति काम गरेर खान पाउन्न । अनि उ कामदार गल्ली सडक र सार्वजनिक ठाउँमा हात पसारेर माग्न थाल्छ ।
‘……….ऊ महेन्द्रका शालिकनेर रगतका ठूला ठूला आहाल देख्छ ……….एकछिन घोरिन्छ र ऊ कुकुरले झैं सडकमा लत्पतिएको रगत चाट्न थाल्छ । चाट्छ र खुब चाट्छ ।’
(–सहिदको रगत)
माथिको सहिदको रगत कथामा २०४६ को जन आन्दोलन जनताहरू परिवर्तनका लागि सङ्घर्षरत भएको बेला–एक गरीब पनि आन्दोलनमा भाग लिन चाहन्छ । तर भोकका कारण हिड्न सक्दैन । सेनाको गोलीबाट जनताको रगतको आल लाग्छ । त्यही रगत चाटेर केही शकित सञ्चय गरी जनआन्दोलनमा सरिक हुने कोशिस गर्दछ । भोकले के गराउँदैन र ? भोका नाङ्गाले राहत पाइन्छ भनेर आन्दोलनमा भाग लिएका थिए । तर त्यो आन्दोलनले गरीब जनतालाई केही राहत दिन सकेन ।

माथिका कथाहरूमा एउटा विद्रोह छ र चेतावनी–यो देश इथोपिया रुवाण्डा, बुरुण्डीहरू जस्तो नहोस् । समयमै नेताहरूमा चेतनाको आवश्यकता छ । कुर्सी सत्ता प्राप्तिका लागि लड्ने नेताहरूले जनता बिर्सने बानी बढ्दै गएकोमा साहित्यकारले कथा मार्फत सचेत गराएका छन् । ‘भोक युद्ध’ कथा सङ्ग्रह बिम्ब हो प्रतीक हो । केबल केही व्यक्तिहरूका लागि मात्र यो कथा लेखिएको होइन, समग्र विश्वका भोका नाङ्गा सर्वहारा वर्गको निम्ति लेखिएको कथा हो ।

वर्तमान समय मानिस जत्तिनै शिक्षित र विश्वव्यापी सम्बन्ध कायम गर्दै गए पनि संसार दुई धुरीमा प्रत्यक्ष रुपले विभाजित भएको छ । गरीबीको रेखा मुनी आधा आकाश ढाकेर बसेका सर्वहारा जनता गाँस, बास, कपासको न्यूनतम् आधारभूत आवाश्यकतासम्म नपाई भोकै नाङ्गै भड्किरहेका छन् । अर्काथरी धनले मुकुरीरहेका धनी पूँजीपतिहरू गरीबका अगाडि दयाका आँशु–गोहीका आँखामा आँशू झैँ कथाकारले प्रष्टसँग सामन्तीहरूको उछितो काड्नु भएको छ । यसरी सर्वहाराको पक्षमा कथाकार प्रवल रुपमा उभिनु भएको छ । यस्ता दूरदर्शी प्रगतिवादी कथाकारमा मेची किनारबाट हार्दिक बधाई छ । शुभकामना छ, सु–स्वास्थ्य र सफल जीवनको कामना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: