इनरह्वील क्लब बिर्तामोडको पद हस्तान्तरण

  प्रकाशित मिति
१ भाद्र २०७९, बुधबार १८:३०


बिर्तामोड, १ भदौ । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको चौथो पद हस्तान्तरण गरिएको छ ।

सन् २०२२÷२०२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेकी इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक बर्षका लागि पदभार ग्रहण गरेकी हुन् ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनी प्रेसिडेन्ट सम्झना भण्डारीको अध्यक्षता तथा इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२१÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले आफ्नो कार्यकालमा इनरह्वील क्लबले गरेका कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा इनरह्वील डिस्ट्रीक चेयरमेन झाले सन् २०२२÷२०२३ की इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीलाई रोटरीको कलर पहिर्याएर पद तथा गोपनियताको सपथ गराएकी थिइन् भने सन् २०२१÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले ग्यावल गन प्रदान गर्दै पद हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै उनलाई चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले चाटर्ड सर्टिफिकेट प्रदान गरेकी थिइन् । प्रेसिडेन्ट भण्डारीको बायोडाटा ट्रेजरर रिजु क्षेत्री पाण्डेले बाचन गरेकी थिइन् । आफूले सपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले मिटिङको कल तथा निर्देशन गरेकी थिइन् ।

कार्यक्रममा नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले आफ्नो कार्यकालमा आफूले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनलाई नयाँ उचाईमा पुर्याउने बताउँदै असहाय महिला तथा वालवालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

आफूले शपथ लिएपछि नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का लागि भाइस प्रेसिडेन्ट मोनिका अग्रवाल, सेक्रेटरी जुनु विमली उप्रेती, ट्रेजरर रिजु क्षेत्री पाण्डे, आइएसओ लुना वस्नेत, इडिटर कमला पौडेल, एक्जुकेटीभ मेम्वरहरु वर्षा राजभण्डारी, रेखा अग्रवाल, रेणु गोयल, निलम अग्रवाल, इन्दिरा थापा कार्की, अनिता शर्मा, मेम्वरहरु निलम मित्तल, गीता खरेल, स्वेता थापा, रिचा चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का नयाँ सदस्यहरु डा. ज्योति अग्रवाल, डा. जाग्रीती भण्डारी, रुपा शर्मा, गायत्री साहेवाला, कविता श्रेष्ठलाई नयाँ सदस्यता प्रदान गर्दै स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरु प्रशंसनिय रहेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२२÷२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली , साहित्यकार लीला अनमोललगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन की सन् २०२०÷०२१ की प्रेसिडेन्ट रेनु वंशलले प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाको वायोडाटा वाचन गरेकी थिइन् भने सन् २०२२ ÷२०२३ की प्रेसिडेन्ट भण्डारीले प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन झालाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन की सन् २०२०÷०२१ की प्रेसिडेन्ट रेनु वंशल र सन् २०२१ ÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले आफ्नो कार्यकालमा सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरेका थिए ।

बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालाई कदर पत्र प्रदान गरेका थिए । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी आइएसओ लुना वस्नेतले इनरह्वील प्रेयर वाचन र इडिटर कमला पौडेलले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी जुनु विमली उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: