इन्डियामा १९ दिन बढ्यो लकडाउन, नेपालमा पनि बढ्ने

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार १०:५४


मेचीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण फैलिएपछि चौथो पटक राष्ट्रका नाममा आज सम्वोधन गर्दै अझै १९ दिन लकडाउनको समय बढाएका छन् ।

मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्वोधन गर्दै लकडाउनको समय बढाएका छन् । उनले आगामी ३ मेसम्म लकडाउनको समय बढाएका हुन् ।

२१ दिने लकडाउन मंगलबार सकिँदैछ । मोदीले दुई हप्ता थप लकडाउन गर्न सक्ने अनुमान गरिएको छ । पाँच राज्यले ३० अप्रिलसम्म लकडाउन गरिसकेका छन् । पंजाब, ओडिशा, महाराष्ट्र, तेलंगाना र बंगालमा ३० अप्रिलसम्म लकडाउन भइसकेको छ ।

गत शनिबार प्रधानमन्त्रीले १३ राज्यका मुख्यमन्त्रीहरुसंग गरेको बैठकपछि देशभर लकडाउन ३० अप्रिलसम्म बढाउन सहमति बनेको थियो ।

मोदीले विभिन्न दुःखका बीच २१ दिने लकडाउनलाई सफल बनाउन मद्धत गरेको भन्दै एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन गरेका छन् ।

यसअघि मोदीले १९ मार्चमा पहिलो सम्वोधन गर्दै जनता कर्फयूको अपील गरेका थिए । दोस्रो सम्वोधन मार्च २४ मा गरेका थिए ।

दोस्रो सम्वोधनमा उनले २१ दिन देशभर लकडाउन गरेका थिए । तेस्रो सम्वोधन ३ अप्रिलमा गरेका थिए । उक्त सम्वोधनमा उनले ९ मिनेट लाइट बन्द गरेर मोमबत्ती र दीयो बाल्न अनुरोध गरेका थिए ।

भारतमा १० हजार ४९३ संक्रमित छन् भने ३५८ जनाको ज्यान गएको छ ।

मोदीले विश्वमा फैलिरहेको कोरोनाको संक्रमणको तुलनामा भारतमा कम क्षति पुगेको बताएका छन् । नोक्सान कम भन्दा कम गर्नका लागि सरकारले पहल गरिरहेको पनि बताएका छन् ।

बुधबार सरकारका तर्फबाट वितृत गाइडलाइन जारी गर्ने पनि मोदीले भनेका छन् । उनले २० अप्रिलदेखि विशेष छुटको व्यवस्था गर्ने जनाएका छन् ।

मोदीले दैनिक कमाइ गरेर गुजारा चलाउनेलाई विशेष प्राथमिकता दिइने पनि जनाएका छन् । सरकारले उनीहरुलाई मद्धत गर्ने विशेष योजना सरकारले बनाएको पनि बताएका छन् ।

किसानलाई कम भन्दा कम क्षति पुगोस् भनी योजना ल्याइने पनि मोदीले बताएका छन् ।

(हाम्रा कुरा डटकम)

=======

भारतमा लकडाउन बढेपछि नेपालमा पनि बढ्ने सम्भावना छ ।

प्रधानमन्त्री केपी अ‍ोलीले बुधवार सम्बोधन गरेर लकडाउन बढाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: