झापा । मोरङको पथरी–शनिश्चरे वडा नं. ४स्थित बास्कोटा परिवारले आफ्नै माता पिताको नाममा इन्द्र–कमल बास्कोटा प्रतिष्ठान खोलेको छ ।
जीवित रहेका आफ्ना माता इन्द्रमाया र पिता कमलप्रसाद बास्कोटाको नाममा युवराज बास्कोटाले प्रतिष्ठान खोलेका हुन् । प्रतिष्ठान सञ्चालनका लागि फागुन २६ गते आयोजित भेलाले कमला बास्कोटाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।
समितिको सचिवमा रुद्रप्रसाद बास्कोटा, कोषाध्यक्षमा शीला दंगाल र सदस्यहरुमा नारायणप्रसाद कोइराला, कृष्णप्रसाद कोइराला, कुलप्रसाद दाहाल र टीकाराअ गौतम रहेका छन् ।
त्यसैगरी सल्लाहकार समितिको संयोजकत्वमा युवराज बास्कोटा, सदस्यहरुमा लोकनाथ गौतम, शोभा पाठक, इन्द्रप्रसाद दाहाल, नरबहादुर खोकरेल, गंगाराम न्यौपाने, बिष्णुलाल गौतम, धनपति कोइराला, पुण्यप्रसाद बास्कोटा, दिव्या बास्कोटा, सागर गौतम, रुद्रप्रसाद गौतम र रीता गौतम निरौला रहेका छन् ।
यसको संरक्षण समितिमा प्रमुख लीलानाथ बास्कोटा र सदस्यहरुमा टीकाराम बास्कोटा, प्रेमसागर बास्कोटा, कमला सुवेदी र शान्ता निरौला रहेका छन् ।
संस्थाको दर्ता र ऐन मुताविक वैधानिकता प्राप्तिको काम सकेपछि समितिलाई पूर्णता प्रदान गर्ने सचिव रुद्रप्रसाद बास्कोटाले बताए ।