इप्रका प्रमुखलाई बिदाई

  प्रकाशित मिति
२० भाद्र २०७३, सोमबार १७:४९


Hotel Assosiationकाकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगर समितिले आयोजना गरेको एक समारोहका बिच डिएसपी अधिकारीलाई बिदाई गरिएको हो ।

कार्यक्रमका वक्ताहरुले प्रहरी प्रमुख अधिकारी सफल र निडर अधिकृत भएको धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगर अध्यक्ष ललितबहादुर तामाङले डिएसपी श्यामकृष्ण अधिकारीलाई सफल व्यक्तित्व र उत्कृष्ट नेतृत्वकर्ताको रुपमा मेचीनगरबासीले सम्झिरहने बताएका छन् । ‘समन्वयकारी भूमिकामा रहनु हुने उहाँले प्रहरी प्रमुखभन्दा पनि सामाजिक अगुवाको छाप छोड्न सफल हुनु भयो’, अध्यक्ष तामाङले भने – ‘नागरिक माथिको जिम्मेवारी बुझेकै कारण डिएसपी श्यामकृष्ण अधिकारीले सबैलाई समानताको व्यवहार गर्नुभएको हो । यसका लागि उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।’ तामाङले मेचीनगर क्षेत्रका होटलमा देखिएको विकृति नियन्त्रण गर्नमा अधिकारीको ठूलो साथ पाएको जनाउँदै प्रशङ्सा पनि गरेका छन् ।

सोही कार्यक्रममा क्षेत्रीय होटल व्यवसायी सङ्घका सचिव रामबहादुर तामाङले मेचीनगरमा शान्तिसुरक्षा सुदृढ गर्न नागरिक समाज, विभिन्न सङ्घ सङ्स्था तथा व्यवसायीहरुसँग हातेमालो गरेकाले पनि डिएसपी अधिकारीको काँकरभिट्टा बसाई सफल भएको बताएका छन् । तामाङले नागरिकको सुरक्षाका निम्ति कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रुपमा अधिकारीलाई सम्झिँदै आगामी दिनका लागि पनि शुभकामना व्यक्त गरे ।

होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य राजु अधिकारीले प्रहरी र नागरिकबिच समन्वय हुनैपर्ने टिप्पणी गरे । डिएसपी अधिकारीले मेचीनगरका व्यापारी–व्यवसायीबिच सुमधुर सम्बन्ध बनाएको टिप्पणी गर्दै उनले प्रहरी देख्दा त्रसित हुने मनस्थितिलाई तोडेको बताए । ‘त्यसैले अधिकारीलाई सफल प्रहरी प्रमुख मान्न सकिन्छ’ – उनले भने ।

कार्यक्रममा आमा समूह नेपालकी अध्यक्ष चन्द्रा शाही बिमली, होटल व्यवसायी सङ्घका झापा कोषाध्यक्ष हरी मैनाली, क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगर उपाध्यक्ष सुरेशकुमार श्रेष्ठ, सल्लाहकार ध्रुव गिरी, कोषाध्यक्ष दिलीप प्रधान, झापा जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष हरी तिम्सिना, माइती नेपाल पूर्व क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द घिमिरे, समाजसेवी बुद्धिनाथ पौडेल, साना हातहरु संस्थाका रमेश गुरुङ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष डिल्ली घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: