इमरजेन्सी सेवा सुचारु हुने

  प्रकाशित मिति
१० चैत्र २०७३, बिहीबार १७:५७


 

dhulabari hospital

धुलाबारी । लामो समयदेखि बन्द रहेको धुलाबारी स्वास्थ्य केन्द्रको इमरजन्ेसी सेवा चाडै सुचारु हुने भएको छ ।

इमेरजेन्सी सेवा सुचारुका लागि नवनियुक्त अध्यक्ष खड्गबहादुर धिमालले पहल गर्ने बताएका हुन् ।

मन्त्रिस्तरीय निर्णयबाट फागुन ३० गते धुलाबारी स्वास्थ्य केन्द्रको अध्यक्ष मनोनयन भएपछि विहीवार आफ्नो पद बहाली गर्दै अध्यक्ष धिमालले स्वास्थ्य केन्द्रले आम जनताको हितमा काम गर्दै आइरहेको भए पनि व्यवस्थापनमा कमी कमजोरी भएका कारण त्यसलाई सुधार्ने बताए ।

पद बहाली पछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष धिमालले धुलाबारी स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउन पहल गर्ने र यस भेगका आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुग्न सक्ने बनाउन आफू लागि पर्ने बताए ।

उनले महशुल नतिरेका कारण विगत ८ बर्षदेखि बन्द रहेको स्वास्थ्य केन्द्रको टेलिफोन समेत एक महिना भित्रमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षको पद बहाली कार्यक्रममा अस्पतालका समस्याबारे केन्द्रकी प्रमुख डा. एलिजा गौतमसँग धिमालले चासो राखेका थिए ।

डा. गौतमले हालसम्म केन्द्रमा भइरहेको गतिविधिकामा जानकारी गराएपछि चिकित्सकका लागि आवासको ब्यवस्था र केही प्राविधिक जनशक्ति थप हुने हो भने इमरजेन्सी सेवा तत्काल सुचारु गर्न तयार रहेको बताइन् ।

दैनिक ७० जना भन्दा बढी बिरामी उपचारका लागि आउने स्वास्थ्य केन्द्रमा हाल ओपिडि सेवा, प्रसुति सेवा, ल्याब सेवा, डे«सिङ्ग, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्टरोगको औषधी, खोप सेवा लगायतका सेवाहरु नियमित रुपमा सञ्चालन भएको केन्द्रका प्रमुख डा. गौतमले जानकारी दिइन ।

सरकारले निर्धारण गरेका ५६ प्रकारका औषधी मध्ये अधिकाशं औषधी केन्द्रमा निशुल्क पाइने डा जमुना न्यौपानेले बताइन् । डा न्यौपानेका अनुसार सबै ५६ प्रकारका औषधी जिल्ला जनस्वास्थ कार्यालयबाट नै नपठाएकाले केन्द्रबाट बितरण गर्न नसकिएको बताइन् । अस्पतालमा एक मेडिकल अधिकृत सहित १२ जना कर्मचारी स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको र ४ जना कर्मचारी बिकास समितिको निर्णयमा कार्यरत रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: