इयुको लोगो टाँसिएको गाडीको लस्कर

  प्रकाशित मिति
१३ चैत्र २०७४, मंगलवार १२:३०


फोटो : ज्ञानेन्द्र निरौला

काँकरभिट्टा । यूरोपियन युनियन (इयु)को लोगो टाँसिएको १९ वटा विदेशी नम्बरको अत्याधुनिक गाडी काँकरभिट्टा नाकाबाट मङ्गलवार भारत गएका छन् ।

बाहिरबाट हेर्दा जीप जस्ता देखिने ती गाडीको पछाडिको भाग पुरै छोपिएको छ । गाडीको ड्राइभर र यात्री सबै विदेशी नै छन् ।

सोमवार दिउँसो पश्चिमबाट पूर्वतर्फ राजमार्ग हुँदै आएका ती गाडीको रुपरङ्ग देख्नेहरुले निकै अनौठो मानेर रमिता हेरेका थिए ।

सोमवार इटाभट्टामा बसेका ती गाडी मङ्गलवार विहानै भारततिर प्रवेश गरेका हुन् । रातभर ती गाडीलाई प्रहरीले सुरक्षा दिएको थियो ।

मेचीनगरको जोरसिमलस्थित सशस्त्र प्रहरीको चेक पोइन्टमा तीमध्ये एउटा गाडी चेक गरिएको थियो ।

स्रोतका अनुसार चेक गर्दा गाडीको पछाडिको भागमा अत्याधुनिक सुविधायुक्त कोठा फेला परेको थियो । कोठामा बस्ने, खाने र शौच गर्न सकिने व्यवस्था समेत थियो । गाडी पुरै एसीयुक्त थियो । कोठाभित्र विभिन्न उपकरण पनि थिए ।

स्रोतका अनुसार भारत हुँदै भूटान जाने रोड पर्मिट लिएका ती गाडीमा जर्मनी र स्वीट्जरल्यान्डका पुरुष तथा महिला जोडी बसेका थिए ।

‘वल्र्ड टुरमा हिँडेका हौँ भनेपछि हामीले छाडिदियौँ’–जोरसिमलमा चेकजाँच गरेका एक प्रहरी अधिकारीले लोकतन्त्र पोस्टसँग बताए ।

कान्तिपुरका ओखलढुङ्गास्थित समाचारदाता कुम्भ राईले यस्तै गाडी काभ्रेबाट खुर्कोटतिर आउँदै गरेको र गाडीमा रहेका विदेशीहरुले ठाउँ ठाउँमा गाडी रोक्दै विभिन्न तस्वीर खिचेको देखेको फेसबुकमा बताएका छन् ।

कुटनीतिक नम्बरका गाडीलाई त्यति चेकजाँच नगरिने भएकाले यस्ता गाडीभित्र के छन् र किन यसरी उनीहरु हिँडेका हुन् भन्ने कुराको रहस्य गर्भमै रहने गरेको छ ।

हाल नेपालको आन्तरिक मामिलामा इयुले हस्तक्षेप गरेको विषयमा व्यापक विरोध भइरहेका बेला इयुकै लोगो टाँसिएका गाडीहरु रहस्यमय ढङ्गले राजमार्गमा गुड्दा सन्देह जन्मिनु स्वाभाविक हो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: