इरानमा पत्रकार जामलाई मृत्युदण्डको सजाय

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १८:०१


मेचीनगर, ३० मंसिर । इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्डको सजाय दिइएको छ ।

४७ वर्षीय पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।

बीबीसीका अनुसार सन् २०१७ मा उनले देशको आर्थिक स्थितिका बारेमा अनलाइनबाट समाचार पोष्ट गरेका कारण इरानमा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।

उक्त प्रदर्शनमा झण्डै चार सय जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।

सन् २०१९ मा पत्रकार जाम पक्राउ परेका थिए । उनी एक पटक निर्वासनमा समेत गएका थिए । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको हो ।

उनले सञ्चालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा र अप्ठ्यारो जानकारी फैलाएको थियो । उनको अमाड न्यूज फिडको एक मिलियन भन्दा बढी अनुयायीहरू थिए ।

जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: