इलामको किबी दुबईका बजारमा

  प्रकाशित मिति
१७ मंसिर २०७३, शुक्रबार ११:३६


Exif_JPEG_420

इलाम । नेपाली उत्पादनको निर्यात बढाउने र आयात प्रतिस्थापन गर्ने नीति हरेक आर्थिक वर्षको बजेट भाषणमा समावेश गरेको हुन्छ । तर, नेपाली अर्थतन्त्र अहिले आयातमै निर्भर छ । रेमिटेन्सबाट आएको रकम विदेशबाट सामग्री आयात गर्नमै खर्चिरहेका हुन्छौँ ।

तर, नेपालमै कृषिमा लगानी गरेर समृद्ध बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल व्यवसायीहरु पनि छन्, जसले उत्पादन गरेका सामग्रीले अन्तराष्ट्रिय बजारमा उत्साहजनक प्रतिष्पर्धा गरिरहेका छन् । झापाको बिर्तामोडका तारामणि खतिवडा र पार्वती खतिवडाले यसै वर्षदेखि दुबईका बजारमा किवी फल पठाउन थालेका हुन् ।

‘हाम्रो वार्षिक उत्पादन क्षमता १० टन हो’, वातावरण संरक्षण तथा वैकल्पिक उर्जा विकास प्रालिकी अध्यक्ष पार्वती खतिवडाले भनिन् – ‘त्यसमध्ये १० प्रतिशत दुबई पठाइएको हो ।’ उनले नेपाली उत्पादन राम्रो भएको भन्ने प्रतिक्रिया आएको बताएकी छिन् । उनले भनिन् – ‘प्याकेजिङ गरेर पठाएपछि एक महिनासम्म राम्रो रहन्छ, बहुउपयोगी भएकाले विदेशी बजारमा किवीको माग उच्च छ ।’

अर्गानिक तथा गुणस्तरीय किबी झापाका उपभोक्ताका माझ पुर्याउनका लागि बिर्तामोडस्थित कृषिथोक बजारबाट खतिवडा दम्पतीले बिक्री सुरु गरेका छन् । इलाममा चालिस रोपनीभन्दा धेरै जग्गा लिएर किवीका बिरुवा लगाइएको पार्वती खतिवडाले बताइन् । ‘एक रोपनीमा १५ वटा किवीका बिरुवा रोपेका छौँ, त्यसमध्ये २ वटा भाले पर्छन्’, उनले भनिन् – ‘पाँच सय वटाभन्दा धेरै बिरुवा फल्ने अवस्थामा छन् ।’ उनका अनुसार तीन सय बिरुवाबाट किवी उत्पादन हुन थालेको छ । एउटै बोटबाट सरदर १ सय किलोग्रामसम्म किवी उत्पादन हुन्छ । प्रतिकेजी दुईदेखि ४ सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् ।

बहुउपयोग फल किवीको खेती सुरु गरिएको इलाममा केही वर्ष अघिदेखि नै यसका बिरुवा उत्पादन गर्न थालिएको हो । इलाम सुलुबुङस्थित वातावरण सङ्रक्षण तथा वैकल्पिक उर्जा विकास प्रालिको २४ लाख ७५ हजार रुपैयाँको लगानीमा ८० हजार किवीका बिरुवा उत्पादन थालिएका थियो । ‘यो कार्य अहिले पनि जारी छ’ – उनले भनिन् ।

उर्जा विकास प्रालिका मेनेजर तारामणि खतिवडाका अनुसार किवी रोप्न इच्छुक किसानलाई ३ सय र ५ सयका दरले बिरुवा उपलब्ध गराइन्छ ।

कृषि विकास कार्यालय इलामका अनुसार इलामका २ नगरपालिका र ४५ गाविसका ५ हजारभन्दा धेरै कृषकले करिब ५०औँ हजार किवीका बिरुवा लगाएका छन् । कार्यालयका अनुसार साढे ४ देखि साढे ६ सम्म अम्लियपन भएको माटोमा खेती गर्न सकिने किवी प्रतिकिलोग्राम ६ सय रुपैयाँसम्ममा बिक्री गरिन्छ । आधा दाना बराबर ४ दाना कागती, १७ दाना स्याँउ, २ दाना सुन्तला र ८ कोशा केराको पौष्टिक तत्व मिल्ने विश्व खाद्य संगठनले पुष्टि गरेको छ । पूर्वी पहाडको अन्य जिल्लामा पनि किवीको व्यवसायी खेती शुरु गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर र तेह्रथुममा किवी खेती सुरु भएको छ । कार्यालयका अनुसार चार वर्षअघिसम्म धान नफलेर हैरानी बेहोर्दै आएका किसान किवीबाट प्रशस्तै आम्दानी हुन थालेपछि हौसिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: