इलाममा पनि सशस्त्र प्रहरीमा कोरोना

  प्रकाशित मिति
११ श्रावण २०७७, आईतवार २०:३६


मेचीनगर । इलाममा ६ सुरक्षाकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसमा ५ जना सशस्त्र प्रहरी छन् भने १ जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।

त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् ।

त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका विमल बरालले जानकारी दिए ।

सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ ।

क्वारेन्टाइनकै सुरक्षामा खटिएकाहरुलाई संक्रमण देखिएको बताए । संक्रमित सवैलाई उपचारको लागि कोभिड अस्पताल विराटनगर पठाइएको छ ।

इलामबाट सशस्त्र प्रहरीका १२ जनासहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाइएको थियो ।

यसैगरी झापाको सीमा नाका काँकरभिट्टामा खटिएका २० जना सशस्त्र प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: