इलामेली अग्रज पत्रकार सटेन्द्र जबेगु पुरस्कृत

  प्रकाशित मिति
२७ श्रावण २०७९, शुक्रबार १२:०१


इलाम, २७ साउन । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले इलामका अग्रज पत्रकार सटेन्द्र जबेगुलाई पुरस्कृत गरेको छ ।

उक्त ‘आदिबासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ को नगद राशी दश हजार रुपैयाँ रहेको छ ।

आज फोनिजको ३३ औं स्थापना दिवसको अवसर पारेर इलाममा पत्रकार जबेगुलाई पुरस्कार प्रदान गरिएको हो ।

सम्मानित पत्रकार जबेगुले संस्थाको आर्थिक कोष वृद्धिका लागि नगद राशी संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा पत्रकार ख्याम भुजेल, कुमार गुरुङ, अशोक लिम्बु र सुमन लावती समेत सम्मानित भएका छन् । भुजेल हाल सूर्योदय नगरपालिकाका प्रवक्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected].com

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: