इस्ट होराइजनमा जनप्रतिनिधि

  प्रकाशित मिति
३ श्रावण २०७४, मंगलवार ०९:०७


sanjeb
धुलावारी । इस्ट होराइजन अङ्ग्रेजी माध्यमिक विद्यालयले मेचीनगरका नवनिर्वाचित मेयर, उपमेयर र वडा नं. १० का जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान अर्पण गरेको छ ।

सोमवार विहान विद्यालयकै हलमा भएको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका मेयर विमल आचार्य प्रमुख अतिथि थिए ।

सो अवसरमा उपमेयर मीना पोखरेल, १० नं. का वडाध्यक्ष सुदय पनेरु, वडा सदस्य धिरावती लिम्बु, सन्जुकुमारी विक, यज्ञनिधि न्यौपाने, इन्द्र आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका अध्यक्ष माधव पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई खादा, अबिर, फुलको गुच्छा र मायाको चिनो दिइएको थियो ।

प्रिन्सिपल सन्जीव राईले स्वागत र शिक्षक प्रेम डाँगीले कार्यक्रम बारे प्रकाश पारेको कार्यक्रममा मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल, वडाध्यक्ष सुदय पनेरु, पत्रकार मोहन काजीले मन्तब्य व्यक्त गरेका थिए ।

मेयर, उपमेयर र वडाध्यक्षले आफ्नो मन्तब्यको क्रममा शिक्षा क्षेत्रको विकासमा योजना बनाएर अघि बढ्ने र निजी विद्यालयप्रति भेदभाव नगरिने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा विद्यालयकी प्रशासकीय प्रमुख सावित्रा सापकोटा, अभिभावक तथा शिक्षक वर्ग र विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।east 7 east 6 east 5 east 4 east 3 east 2 east 8

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: