उच्च राजनीतिक संस्कार देखाउँदै विजेतालाई बधाई दिए खरेल र कोइरालाले

  प्रकाशित मिति
८ मंसिर २०७९, बिहीबार १२:१९


मेचीनगर, ८ मंसिर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् ।

झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।

यसैगरी बुधवार साँझ मत परिणाम घोषणा भएसँँगै एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विज्ञप्ति नै जारी गरेर हार्दिक आभार व्यक्त गरेका छन् ।

आगामी दिनमा झापा–१ का जनताको पक्षमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने एमाले नेताद्वयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: