उडान जेठ २ गतेसम्म बन्द, लकडाउनबारे आइतबार निर्णय हुने

  प्रकाशित मिति
१३ बैशाख २०७७, शनिबार १६:३२


झापा । मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनबारे मोडालिटी तय गर्न निर्देशन दिएको छ ।

सम्भवत लकडाउनबारे छलफल गर्न आइतबार मन्त्रिपरिषद बैठक बस्ने श्रोतले जनाएको छ ।

उच्चस्तरीय समितिको शनिबार सिंहदरबारमा बसेको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो । लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको छ ।

लकडाउनबारे आइतबारको मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ । अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ ।

सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई आगामी जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

बैठकले जेठ २ गतेसम्म उडान बन्द राख्ने निर्णय गरेको समितिका सचिव सांसद् नारायण विडारीले जानकारी दिए ।

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो । उक्त समय थप बढाएर जेठ २ गतेसम्म पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: