उत्कृष्ट पत्रकारको रुपमा भण्डारी पुरस्कृत

  प्रकाशित मिति
८ फाल्गुन २०७२, शनिबार ०८:२९


ambika puruskar online

काठमाडौँ, ८ फागुन । राष्ट्रिय समाचार समिति (रासस)की समाचारदाता अम्बिका भण्डारी आलेख (फिचर) समाचार लेखनमा वर्षकै उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत भएकी छन् ।

राससको ५५ औँ वार्षिक उत्सवमा शुव्रmवार काठमाडौँमा आयोजित विशेष समारोहमा भण्डारी पुरस्कृत भएकी हुन् ।
कार्यव्रmममा सूचना तथा सञ्चार मन्त्री शेरधन राई तथा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले नगद पुरस्कारसहित भण्डारीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

राससले मुलुकभर कार्यरत अढाइ सयभन्दा वढी आफ्ना समाचारदाताले बर्षभरि प्रकाशित गरेका फिचर समाचारमध्ये राजधानीको एउटा र राजधानी बाहिरको एउटालाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गर्दै आएको छ ।

लोकतन्त्र पोस्टको अनलाइन संस्करण ‘लोकतन्त्र पोस्ट डटकम’को सम्पादक समेत रहेकी भण्डारीको १० महिना अघि राससमा प्रकाशित ‘हलो जोत्ने पौरखी महिलाको गाउँ खैरेनी’ फिचर सर्वोत्कृष्ट ठहरिएको हो ।

दक्षिण इलामस्थित महमाईको खैरेनी गाउँमा पुरुषहरू वैदेशिक रोजगारीमा गएपछि महिलाले हलो जोत्न बाध्य हुनु परेको विषय सो फिचरमा समेटिएको छ । सो गाउँका सबै घरका महिलाले हलो जोत्ने गरेको फिचरमा उल्लेख छ ।

पत्रकार भण्डारी राससबाट लगातार तेस्रोपटक पुरस्कृत भएकी छन् । यस अघि उनी दुई पटक उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत भएकी हुन् ।

यसपटक राससका समाचारदातामध्ये पूर्वाञ्चलबाट ताप्लेजुङका सन्तोष पुर्कुटी पुरस्कृत भएका छन् ।
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: