उत्खननबाट भग्नावशेष फेला

  प्रकाशित मिति
१९ बैशाख २०७३, आईतवार ११:१८


भद्रपुर । झापाको पृथ्वीनगर गाविसमा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागबाट पछिल्लो पटक गरिएको उत्खननबाट महत्वपूर्ण भग्नावेशष फेला परेको छ ।

गत चैत २१ गतेदेखि सुरु गरिएको सो उत्खननमा पुराना संरचनाका १७ खाडल फेला परेका छन् । उत्खननमा पुरातत्वविद् उद्धव आचार्य, पुरातत्व अधिकृत विष्णुप्रसाद पाठक, इ भक्तलक्ष्मी महर्जन, फोटोग्राफर राजकुमार बन्जारा र उत्खनन सहायक विराटबहादुर थापा संलग्न छन् ।

प्रारम्भमा २०५८ सालमा सुरु गरिएको उत्खननबाट वाण, प्रशासकीय भवन, ढुड्गाका थाल, कचौरा, माटाका मूर्ति र भाँडावर्तन तथा तबेल फेला परिसकेको पुरातत्वविद् आचार्यले जानकारी दिए ।

धार्मिकस्थलका रूपमा चिनिएको किचकबध पाण्डवले गुप्तवासका रूपमा उपयोग गरिएको स्थान बताइएको छ । फेला परेको वस्तु दुई हजारदेखि दुई हजार वर्ष पुराना रहेको बताइएको छ ।

तत्काल उत्खनन गरिएको स्थानदेखि केही पूर्वमा कुशाण कालका अझ पूरा भग्नावशेष रहेको अनुमान गरिएको उत्खननविद् आचार्यले बताउनुभयो । अहिले उत्खनन गरिएको भवनको क्षेत्रफल ८४ गुणन ८४ फिटको छ । उत्खननबाट पहिचान गरिएको स्थानलाई वैशाखभित्रै सुरक्षित बनाइने छ ।

बजेटको अभावमा उत्खनन ढिलो भइरहेको र द्वन्द्वकालमा सुरक्षाको कारणले सो काममा बाधा पुगेको जानकारी दिँदै पुरातत्वविद् आचार्यले सरकारले आवश्यक बजेट विनियोजन गरेमा दुई वर्षभित्र उत्खननका सबै कार्य पूरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: