उत्तमको साङ्गीतिक उचाई

  प्रकाशित मिति
५ मंसिर २०७३, आईतवार १२:४१


uttam

नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो, उत्तमजङग लिम्बू । विगत एक दशकदेखि काठमाडौँमा बसेर साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका मेचीनगर–८ सुरेन्द्रनगरका लिम्बू एक सफल गायकका रुपमा स्थापित बन्न सफल भएका छन् । ‘एकतर्फी माया लाएछौ, मायाको बारीमा जस्ता कर्णप्रिय तथा चर्चित गीत गाएर आफुलाई अब्बल गायकका रुपमा स्थापित बनाउन सफल उनी पछिल्लो समय सङ्गीतकारका क्षेत्रमा पनि उत्तिकै व्रिmयाशील हुन थालेका छन् । आजको साता व्यक्तित्वमा उनै लिम्बूको साङ्गीतिक जीवन यात्रालाई समेट्ने जमर्काे गरेको छु ।

विस २०४१ साल असोज ७ गते बुबा मनकुमार र आमा शुकमाया लिम्बूका जेठा छोराका रुपमा जन्मिएका उत्तम सानै उमेरदेखि सङ्गीतको क्षेत्रमा रुची राख्दै आएका थिए । गाउँमा भएको हरेक कार्यव्रmममा गीत गाउन चाहने उनी जसरी लागि परे अहिले त्यही अनुसारको प्रतिफल पाएका छन् ।

२०५५ सालमा बाहुनडाँगी–३ दोकानडाँडामा दुर्गा पूजामा भएको सांस्कृतिक कार्यव्रmमबाट स्टेज चढ्न सुरु गरेका उनी १७ वर्षको हुँदा प्रतियोगी कार्यव्रmममा सहभागी बनेको थिए । जुन प्रतियोगितामा उनले राजु लामाको ‘बादल पारीको देशमा बोलको गीत गाएका थिए । उक्त प्रतियोगितमा प्रथम भएर पुरस्कार जितेका उनी यसै क्षेत्रमा आकर्षित बने र निरन्तर लागिरहे । गाउँमा हुने हरेक सांस्कृतिक कार्यव्रmममा आफूलाई सहभागी गराउँदै लगे । उनी भन्छन्–‘सायद यो मेरो गाउँको स्टेजमा मैले मौका नपाएको भए आज यो स्थानसम्म आउने थिइनँ पनि होला । जुन प्लेटफर्मलाई म कहिलै बिर्सने छैन् ।’
उत्तमजी र मेरो कलेज जीवनदेखि एक अर्कामा आत्मियता थियो । क्षेत्र फरक भए पनि बिचार एउटै । मेरो पत्रकारिता अनि उनको गायन । धेरै स्टेज सोहरुमा म सञ्चालक हुन्थे । उनी गायक भएर स्टेज चढ्थे । फरक यति मात्र हो, म २÷३ घण्टा स्टेजमा कराउँथे । उनी ५ मिनेट आएर एउटा गीत गाउँथे । आज म यही पत्रकारिताको सेरोफेरोमा छु । ५ मिनेट स्टेजमा गीत गाउने व्यक्ति आज देशविदेशमा उनको स्वरले राम्रो स्थान पाएको छ । यसले मलाई गर्वको अनुभूति दिलाउँछ । कमसेकम आज एउटा मित्रलाई यो स्थानमा देख्न पाइएको छ । अनि कहिलेकाहीँ भेट हुँदा भन्ने गर्छु ‘उत्तमजी तपाईको भविष्यको रेखा कोर्ने एउटा पात्र म पनि हुँ’ उनी हाँसेर सहजै उत्तर दिने गर्छन् । ‘सायद तपाईहरू नभएदिएको भए म गायक पनि त हुने थिइन होला ।’utam-1

हुन त उत्तमलाई उनको परिवारले गायक होइन, आर्मीको क्याप्टेन भएको हेर्न चाहन्थे । दशैँमा टिका लगाएर आशिर्वाद दिँदा पनि आर्मी बनेस् है भन्ने गरेको उनी सम्झन्छन् । तर, उनको जीवनले यस्तो मोड फेरिदियो कि आज क्याप्टेन होइन, गायक हुँदै नायकसम्म पु¥याउन सफल भएको छ । जसरी परिवारले छोरो ठूलो भएको हेर्न चाहेका थिए । उनले त्यसलाई पूरा गर्न सकेकोमा परिवार पनि खुसी छन् ।

उनी २०६७ सालमा खोजी प्रतिभामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा देशभरका प्रतियोगीहरुमा फस्ट रनरप बन्न सफल भएका थिए । २०६८ सालमा चलचित्र ‘पितृको फूल’ मा आफ्नो आवाजको डेब्यु गरेका उत्तमले गाएको गीत ‘डर थ्यो मलाई’ एकाकएक चर्चित बन्यो ।

यसपछि हौसिएका उनले आफ्नै स्वरमा ‘गोल्डेन टच’ र ‘हल्का हल्का’ एल्बम बजारमा ल्याए । यो दुई एल्बमले पनि बजारमा राम्रै व्यापार गर्न सफल बन्यो । अहिलेसम्म दुई सय भन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेका उत्तम गायकसँगै नायक बने । चलचित्र ‘१२ नेपाली एक चिहान’ मा नायकको भूमिकामा आएका उनी यस क्षेत्रमा आउनका लागि उनका मामा तथा चलचित्रका निर्देशक विजय केरुङको प्रेरणालाई लिन्छन् । उनै केरुङले ‘तिमी भविष्यमा राम्रो कलाकार बन्छौ’ भनेपछि उनी यस क्षेत्रमा प्रवेश गरेका बताउँछन् ।

एक वर्षदेखि सङ्गीतकार तथा गीतको रचना समेत गर्दै आएका लिम्बूले अहिलेसम्म २५ वटा गीतमा सङ्गीत भरिसकेका छन् भने १६ वटा गीत आफैँ रचना गरेका छन् ।

अहिले बजारमा आएको ‘लेक फुल्यो लाली गुराँस’ उनैको स्वर सङ्गीत भएको चर्चित गीत हो । जुन गीतमा गायिका मेलिना राईको स्वर रहेको छ । यसैगरी गायक दिपक लिम्बूको स्वरमा रहेको ‘म रङ्ग हुँ’, रुकमान लिम्बूको स्वरमा रहेको ‘हाक्पारे’ जस्ता गीतको शब्द सङ्गीत पनि उनैले गर्न भ्याएका छन् । उनको सङ्गीतले गायन क्षेत्रमा नयाँ आयम थपेपछि रचनाकारको पहिलो रोजाइमा पर्न थालेका छन् उनी ।

नेपालका विभिन्न जिल्लामा गएर ३ सय भन्दा बढी स्टेज कार्यव्रmममा आफ्नो आवाजलाई बुलन्द बनाएका लिम्बू धेरै जसो माया र पिरतीका गीत गाउन रुचाउँछन् । हङकङमा भएको सांस्कृतिक कार्यव्रmममा समेत आफूलाई २ पटक सहभागी गराएका उनले सङ्गीतलाई माया गर्ने मान्छेको कमी नभएको बताए ।

गाउँले परिवेशमा जन्मिएर पनि आज आफूलाई यो स्थानसम्म ल्याउन सफल भएका उत्तमको यो प्रतिभाले जो कोहीलाई लोभ्याउने गरेको छ । ‘गर्दा असम्भव भन्ने केही रहेनछ’ बाहुनडाँगी–३ का समाजसेवी दिपक थापा मगर भन्छन्–‘गाउँमा भएको समान्य कार्यव्रmममा गीत गाउने भाइ आज यो स्थानसम्म पुगेर आफ्नो प्रतिभालाई उजागर गरेको देखेको देख्दा अत्यन्तै खुसी लाग्छ । उनी भविष्यमा अझ माथि पुग्ने ठूलो सम्भावना छ ।’

मेचीनगर–८ कै सञ्जु आङ्देम्बेसँग २०६३ सालमा प्रेम विवाह गरेका उनको एक छोरा संयोगजङ्ग लिम्बू छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: