उत्पीडितहरुको शिक्षाका प्रवर्तक

  प्रकाशित मिति
२१ श्रावण २०७४, शनिबार ११:३४


 

damodar

पुस्तक छापिएको समयलाई आधार मान्दा पुस्तक पुरानो हुन्छ तर हरेक नयाँ पाठकका लागि पहिल्यै अथवा वर्षाैँ पहिले छापिएको पुस्तक पनि नयाँ हुन्छ । पुस्तकलाई नयाँ र पुरानो मान्ने पाठकको स्वतन्त्रता हो । त्यसै गरी पुस्तकले उठाएको विषयवस्तु र मुद्दाले पनि पुस्तकको नवीनता निर्धारण गर्छ । वर्षाैँ पहिले लेखिएको पुस्तकले उठाएको विषयवस्तु समकालीन सन्दर्भमा पनि सार्थक छ र वर्तमान समयलाई निर्देशित गर्छ भने पुस्तकको नवीनता रहिरहन्छ ।
करिब ४५ वर्षअघि प्रकाशनमा आएको तर अव्यवस्थित राष्ट्रका समाजिक विकासका लागि झन् सान्दर्भिक रहेको पुस्तक हो ‘पेडागोजी अफ द अप्रेस्ड’ अर्थात् जसलाई नेपालीमा उत्पीडितहरुका लागि शिक्षण कला वा दलितहरुको शिक्षाशास्त्र जस्ता नाममा अनुवाद गरिन्छ । उक्त पुस्तकका लेखक हुन् शिक्षामा नयाँ चिन्तन ल्याउने प्रसिद्ध शिक्षाशास्त्री पाउलो फ्रेरे । पाउलो फ्रेरेको जन्म सन् १९२१ मा ब्राजिलको रेसिफ सहरमा मध्यम वर्गीय परिवारमा भएको थियो । सन् १९३० को अन्तर्राष्ट्रिय आर्थिक मन्दीको असर प्रत्यक्ष देखेका र स्वयम् कुपोषणका सिकार भएका फ्रेरेलाई गरिबहरुमाथि हुने सामाजिक उत्पीडनले भविष्यमा त्यसकै विरुद्ध लड्ने प्रेरण दियो ।

विद्यालय तहको शिक्षा पुरा गरी फ्रेरे भाषा विषय पढ्न रेसिफ विश्व विद्यालयमा भर्ना भए । त्यहाँ उनको भेट भाषा विषयकी प्राध्यापक एल्जासँग भयो । पछि तिनै एल्जासँग फ्रेरेले विवाह गरे । फ्रेरेकी आमा व्रिmस्चियन धर्मावलम्बी थिइन् । आमाको प्रभावकै कारण फ्रेरेले चर्चमा काम गर्नु पर्यो । चर्चमा प्रौढहरुसँग उनको समय बित्थ्यो । उनीहरुको पिरमर्का, चाहना फ्रेरेले बुझ्न पाए । सन् १९५० सम्म ब्राजिलमा निरक्षरहरुलाई मतदान गर्न वञ्चित थियो । यस कुराबाट चिन्तित फ्रेरे प्रौढहरुलाई साक्षर बनाउने अभियानको खोजीमा लागे ।

प्रौढहरुलाई साक्षर बनाउन फ्रेरेले सन्देशमूलक चित्र, चित्रकथा, घटनालाई आधार बनाई मुख्य शब्द निर्माण गरे । यसरी गरिने प्रौढ शिक्षा कार्यव्रmमलाई सामुदायिक सशक्तीकरण साक्षरता पद्धति भनियो । यस विधिबाट प्रौढहरु साक्षर बने । साक्षरताको विकास र राष्ट्रिय तथ्याङ्क वृद्धि भयो तर सचेतनाको विकास हुन नसकेको फ्रेरेले अनुभव गरे । प्रौढहरु साक्षर भए तर परम्परागत भाग्यवाद हट्न सकेन । फ्रेरे चाहन्थे आलोचनात्मक चेतना विकास गर्न सकियोस् । साक्षरताको कार्यमूलक र आलोचनात्मक सचेतनाका लागि फ्रेरेले छलफल, सहयोग र सव्रिmय सहभागितालाई जोड दिए । यसै विषयमा उनले विद्यावारिधी गरे ।

dunia-mere-620x400

फ्रेरेको आलोचनात्मक सचेतनाको सिद्धान्त प्रौढ शिक्षा कार्यव्रmम अभियान भयो । उनले उत्पीडित समुदायलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । यो कुराले किसानहरुमा सकारात्मक प्रभाव पर्यो । उनीहरुले यसलाई आफ्नो कार्यव्रmम ठाने । उत्पीडिनबाट मुक्ति पाउने कुरामा सचेत बन्दै गए र स्वतन्त्रताको चाहना बढ्यो । फ्रेरेले समुदायको मुक्ति र प्रजातन्त्रका लागि शिक्षा मात्र सबल साधन हुने कुरामा जोड दिए । सन् १९६३ मा फ्रेरे ब्राजिलको राष्ट्रिय साक्षरता कार्यव्रmमको संयोजक बने । बिस हजार सांस्कृतिक केन्द्रहरुबाट बिस लाख निरक्षरलाई साक्षर बनाउने अभियानमा लागेका फ्रेरेको ख्याति चुलिएको देखेर तत्कालीन ब्राजिल सरकारले सत्ता हत्याउन खोजेको आरोपमा पव्रmाउ गरी जेल हाल्यो । पचहत्तर दिनको कारावासपछि निर्वासित जीवन बिताउन विवश फ्रेरे बोलिभिया हुँदै शरणका लागि चिली पुगे । त्यहाँ उनले साक्षरता कार्यव्रmमको सल्लाहकार भई काम गरे ।

साक्षर बनाउन समुदाय नै जाग्नु पर्ने र सचेत बन्नु पर्ने फ्रेरेको धारणा थियो । सन् १९५० मा आफूले सुत्रपात गरेको सामुदायिक सशक्तीकरण साक्षरता पद्धतिलाई उनले सामुदयिक सशक्तीकरण फ्रेरेरियन साक्षरता पद्धतिको पुनर्उत्पादन भन्ने नाममा परिमार्जन गरे । जुन ‘रिफ्लेक्ट’ नामबाट संसारभर चिनियो । सामुदायिक सशक्तीकरणबाट साक्षरता विकास गर्ने कार्यमा निरन्तर २० वर्षको अथक प्रयासबाट शिक्षाक्षेत्रको वैकल्पिक चिन्तनका रुपमा उनले सन् १९७२ मा विश्व विख्यात पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’ प्रकाशित गरे । शोषित पीडित अथवा दलनमा परेका वर्गलाई साक्षर बनाउने शिक्षण प्रव्रिmया नै पेडागोजी अफ द अप्रेस्ड हो ।

utpeediton-ka-shikshashastra-paulo-friere-freehindipdfbooks

उत्पीडितहरुको साक्षरतका बारेमा फ्रेरे उक्त पुस्तकमा भन्छन्, “वर्णमालामा आधारित परम्परागत साक्षरता विधिमा मानिसहरु अभ्यस्त भएका छन् । यसमा मानिसहरु विश्वस्त छन् । शिक्षकले छनोट गरेका विषय, ज्ञान, सिप र शब्द मात्र सिकारुलाई घोकाइन्छ । यो बैङ्किङ पद्धति हो (सञ्चित गरिएका कुरा मात्र प्रयोग गर्ने, सिर्जनात्मक र आलोचनात्मक नहुने) । यसले सिकारुलाई निष्व्रिmय बनाउँछ । सिकारुको पूर्वज्ञान र सक्षमतालाई नकार्छ । यो सिकारुमा चेतना जगाउने नभई दबाउन उद्यत् रहन्छ ।” फ्रेरेको विचारमा साक्षरतामा सिकारुको सव्रिmयता र सहभागीहरुको अनुभव बाँड्ने व्रिmयाकलाप हुनुपर्छ । सञ्चारका लागि स्थानीय वा मातृभाषा सकेसम्म प्रयोग गर्नुपर्छ ।

उक्त पुस्तकले साक्षरता ‘मौनताको संस्कृति’ (कल्चर अफ साइलेन्स) तोड्न सक्ने हुनुपर्छ भनेको छ । आफूमाथि भएका अन्याय, अत्याचार, शोषण, दमन, असमानता आदि प्रति विरोध नगर्नु वा गर्न नसक्नु वा नगरी बाँच्न अभ्यस्त हुनु मौनताको संस्कृति (कल्चर अफ साइलेन्स) हो । मौनताको संस्कृति दुई प्रकृतिको हुन्छ, एक ः सचेतनाका अभावमा उच्च जात, शासक र प्रभूत्वशाली वर्गले निर्माण गरेको परम्परागत रुढिवादी मान्यताको हेजिमोनीका कारण समाजका तल्लो वर्ग मौन रहन्छन् । दुई ः सचेत भएर पनि आफ्नो स्वार्थ पूर्तिका लागि सामाजिक विकासका अवरोधमाथि प्रश्न नगर्ने बुद्धिजीवी । मौनताको संस्कृतिको पहिलो रुप अज्ञानता हो । यसलाई साक्षरतासँग आलोचनात्मक सचेतना निर्माण गरी हटाउन सकिन्छ । तर दोस्रो मौनता समाजको लागि खतरनाक हुन्छ । भनाइ नै छ, “अन्याय र सामाजिक समस्याका सन्दर्भमा एक दुष्टको दुस्ट्याइँभन्दा एक विद्वान् र सचेत व्यक्तिको मौनता समाजका लागि खतरनाक हुन्छ ।”
फ्रेरे भन्छन्, “मानिसहरुलाई समाजमा जसरी भए पनि बाँच्ने वा निर्वाह गर्ने बाध्यता छ । जीवन बाँच्ने व्रmममा राज्य वा समाजले निर्माण गरेका अप्ठ्यारा तत्त्वहरुबारे बोल्ने वा विरोध गर्ने संस्कार छैन । यसको कारण निरक्षरता नै हो । मौनताको संस्कृति अथवा आफूमाथि भएका अन्याय, अत्याचार, असमानता, राजनीतिक र आर्थिक शोषण सहनुको सट्टा त्यसमाथि प्रश्न उठाउन सक्ने बनाउनुलाई उनले सचेतीकरण भनेका छन् । वास्तवमा मानिसलाई दैनिक जीवनका व्रिmयाकलापका साँघुरा घेरा तोडेर बाहिर ल्याउनु नै साक्षरताको मुख्य कार्य हो ।

सचेतीकरणले मानिसमा आफूमाथि भएका दमन बोध हुन्छ । वास्तवमा हाम्रो देशमा वि. सं. २०२८ सालतिर ‘थाहा’ अभियानका अभियन्ता रुपचन्द्र विष्टले त्यही सचेतीकरणका लागि अभियान चलाएका थिए । सचेतीकरणले नै मानिसमा परिवर्तनको भोक जगाइदिन्छ । यसका लागि सिकारुलाई जगाउन सामाजिक व्यवहारका चित्र प्रस्तुत गर्ने, तुलना गर्ने र यसबाट विश्लेषण गर्ने सिप विकास गराइन्छ । फ्रेरेको विचारमा यो वर्ड (शब्द) बाट वल्र्ड (संसार) चियाउने तरिका हो । पेडागोजी अफ द अप्रेस्ड निरक्षरहरुलाई साक्षरता कार्यव्रmममा वर्डबाट वल्र्ड चिनाउने पुस्तक हो ।

साक्षरता यान्त्रिक पढाइ र लेखाइ मात्र होइन । यो त सिकारुको चेतना विकास गराउने एक प्रव्रिmया हो । साक्षरताले सिकारुलाई आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक अवस्था बोध गराउँछ । आफू पछाडि पारिनुको कारण पत्ता लगाउन सहयोग गर्छ । त्यसपछि स्वतन्त्रता र आफ्ना हक अधिकारका लागि सङ्घर्ष गर्न आत्मबल दिन्छ ।
जुन समाजमा उच्च जात, धनाढ्य र प्रभूत्व वर्गका अल्प सङ्ख्यकले तल्लो भनिएका जात, गरिब र शाषित बहुसङ्ख्यक जनतामाथि शासन गर्दछ, त्यो अन्यायपूर्ण र उत्पीडनकारी समाज हो । त्यस्तो समाज व्यवस्थाले मानिसलाई ‘वस्तु’मा बदल्छ । ती मानिस ‘अमानुषिक’ बनिन्छन् । जब कि मानिसको अस्तित्वमूलक र ऐतिहासिक कर्तव्य चाहिँ न्याय, स्वतन्त्रता, समानता भएको समाजमा कर्ताका रुपमा पूर्ण मानिस बन्नु हो । पूर्ण मनुष्य बन्न उत्पीडक र उत्पीडित वर्गबिच सम्बन्धमा परिवर्तन आवश्यक छ ।

हामी राष्ट्रिय साक्षरता कार्यव्रmमअन्तर्गत प्रौढ शिक्षा कार्यव्रmम चलाइ रहेका छौँ । हाम्रो साक्षरता २०६८ को जनगणना अनुसार ६५.९ प्रतिशत पुगेको तथ्याङ्क छ । तर मौनताको संस्कृति तोड्न र तोड्न प्रयास गर्नेलाई समाजले स्विकार्न सकेको छैन । केही वर्षदेखि साक्षर जिल्ला घोषण गर्ने प्रतिस्पर्धा नै चलेको छ । जिल्लै साक्षर घोषणा भइसकेकाले स्थानीय तहले यसबारे किन सोच्ने ? जस्ता प्रश्न पनि हुन्छन् । तर, के व्यवहारमा हामी साक्षर भइसकेका छौँ त ? साक्षरताको परिभाषा व्यक्तिले सही गर्न जान्नु मात्र हो त ? समयको परिवर्तनसँगै साक्षरताको परिभाषा र सूचक बढिरहेका छन् । व्यक्तिमा आलोचनात्मक सचेतना विकास गरी गलत कुराहरुमाथि प्रश्न गर्ने बानी विकास गर्नु निरन्तर जरुरी छ । पैँतालिस वर्षअघि प्रकाशित भएको उक्त पुस्तक आज पनि विकासोन्मुख देशहरुमा त्यति नै प्रभावकारी छ । जसरी राजनीति वर्गीय हुन्छ, त्यसरी नै शिक्षा पनि वर्गीय नै हुन्छ भन्ने कुरा बुझ्न र त्यसबाट समाजलाई मुक्त गरी समतामूलक समाज निर्माणका गर्न पेडागोजी अफ द अप्रेस्डको अध्ययन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: