उदयपुरका ६ जमाती कोरोना अस्पतालबाट डिस्चार्ज

  प्रकाशित मिति
२४ बैशाख २०७७, बुधबार ११:२६


विराटनगर, २४ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित एक मस्जिदमा बसेको बेला कोरोना संक्रमित भएका १२ जना भारतीय जमातिमध्ये ६ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । (भिडियो पनि हेर्नुहोस्)

विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत उनीहरुलाई बुधबार विहान डिस्चार्ज गरिएको हो ।

कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।
अस्पतालमा राम्रो उपचार पाएको र आफुहरुले पनि आवश्यक जानकारीहरु दिएर सहयोग गरेको उनीहरु मध्येका अनुस जैदीले बताए ।  उनले सवैजनाको घर भारतको दिल्ली भएको जानकारी दिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केहिदिन विराटनगर-१५ स्थित एक मस्जिदमा तयार पारिएको क्वारेन्टाइनमा पठाइएको छ ।
हाल नेपाल–भारत दुवैतर्फ लकडाउन जारी रहेका कारण तत्काललाई मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।
मन्त्री घिमिरेले सवैको सहयोगमा एकैपटक ६ जनालाई कोरोनामुक्त बनाएर पठाउन सकिएको भन्दै कोभिड १९ उपचार केन्द्रका  चिकित्सकहरुलाई विशेष धन्यवाद दिए ।
उनले कोरोनाको उपचारमा प्रदेश १ ले ठुलो सफलता प्राप्त गरेको दाबी गरे ।
विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा अझै २५ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ६ जना भारतीय जमाति हुन् । उपचारत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले जानकारी दिइन् ।
(साभार : उद्घोष डेली)
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: