उदयपुरमा थप आठ जनामा कोरोना पोजेटिभ, ‘क्रस चेक’का लागि धरान पठाइयो

  प्रकाशित मिति
९ बैशाख २०७७, मंगलवार १३:२६


झापा । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सुचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । तर स्वाबलाई थप पुष्टिका लागि धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए ।

थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले सोमबार संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: