उदाउँदो सूर्यलाई अर्घ दिएर छठलाई विदा

  प्रकाशित मिति
३ मंसिर २०७२, बिहीबार ०३:४८


सूर्यको पूजा गरी मनाइने timthumbछठ पर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सकिएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि
सुरु भएको थियो। छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने चलन छ।
मनोकांक्षा पूरा हुने विश्वासमा महिला छठमा कठोर व्रत बस्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व अचेल काठमाडौँमा पनि मनाउन थालिएको छ।
बुधबार बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानैदेखि काठमाडौँका गौरीघाट, कमलपोखरी, रानीपोखरी, थापाथली, गुहेश्वरीलगायत ठाउँमा वाग्मती र विष्णुमती नदी किनारका साथै तालतलैयामा भक्तजनको भिड लागेको थियो।
बुधबार बिहान गुहेश्वरीमा सूर्यलाई अर्घ दिन गएका भक्तालुका तस्वीरः
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: