उद्धघाटनको पर्खाइमा ‘जेरियाटिक’ आश्रम

  प्रकाशित मिति
१४ फाल्गुन २०७२, शुक्रबार ०५:२५


gereitic

भद्रपुर । पच्चिस जना वृद्ध–वृद्धालाई आश्रय दिने भौतिक पूर्वाधारले सुविधा सम्पन्न नेपाल जेरियाटिक सोसाइटीको झापा शाखाद्वारा भद्रपुरमा सञ्चालित स्वास्थ्य सेवा तथा वृद्धाश्रम उद्घाटनको घडी पर्खिरहेको छ ।

ज्येष्ठ नागरिकहरूलाई गाँस, बाँस र कपाससहित स्वास्थ्य सेवा समेत पु¥याउने उद्देश्यले २०५८ सालमा झापा जिल्ला प्रशासन कार्यालयमा सोसाइटीको विधिवत् दर्ता भएको थियो ।

नेपालका ‘हेनरी ड्युना’ भनेर चिनिने तत्कालीन चन्द्रगढी गाविसका पूर्व उपाध्यक्ष कमल राजबंशीले सव्रिmय राजनीतिक गतिविधि त्यागेर विशुद्ध समाजसेवामा लाग्दै मुलुकमै पहिलोपल्ट ज्येष्ठ नागरिकहरूको उपचार र बसोवास गराउने लक्ष्यका साथ सोसाइटीको स्थापना गरेका थिए ।

डा. उमेश खनाल, डा. शैलेश झा, डा. रानी झा, डा. रत्नकुमार थाम्सुहाङ, छत्र अधिकारी, जीवन पोखरेल, खडानन्द वशिष्ठ, टीका प्याकुरेल, नरेश वर्मा लगायतका प्रबुद्ध व्यक्तिहरूको साथ सहयोग पाएका राजबंशीले १४ वर्षको अथक लगावबाट सोसाइटीलाई वृद्धाश्रम र स्वास्थ्य सेवा सञ्चालनका लागि तयारी हालतमा पु¥याएका छन् ।
पहिलेको चन्द्रगढी–४ अर्थात अहिलेको भद्रपुर–११ मा ८ जना दाताले दिएको साढे ११ कठ्ठा जग्गामा सोसाइटीको कार्यालय भवन र आश्रमको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । स्वास्थ्य सेवाका लागि छुट्टै अस्पताल भवन भने ५ करोडको लागतमा निर्माणाधीन अवस्थामा छ ।

चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयबाट डेढ किलोमिटर पूर्व २५ जनालाई आवास सुविधासहितको अलग्गै वृद्धाश्रम निर्माण भइसकेको हो । आश्रममा बत्ती र पानीको व्यवस्था भइसकेको छ ।

सोसाइटीको कार्य समितिका अध्यक्ष दिपक पोखरेलको पहलमा ५ करोडको लागतमा निर्माणाधीन स्वास्थ्य सेवा भवन सञ्चालनमा आएपछि वृद्धवृद्धालाई लक्षित गरेर स्वास्थ्य सेवा प्रदान गर्ने यो नै नेपालको पहिलो निजी क्षेत्रको ठूलो संस्था बन्ने छ ।

आश्रमको प्राङ्गणमा विराटनगरका समाजसेवी दिनबन्धु गोयलले लाखौँको निजी खर्चमा राधाकृष्णको मूर्तिसहित आकर्षक बगैँचा निर्माण गरिदिएका छन् ।
संस्थाका परिकल्पनाकार एवम् संरक्षक कमल राजबंशीले ज्येष्ठ नागरिकले सम्मानपूर्वक जिउनका लागि आवास र उपचार सित्तैमा पाउन् भनेर आफुले लामो समयदेखि गरिरहेको मिहेनत बल्ल साकार हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले यही फागुन २१ गते वा त्यो दिन सम्भव नभए फागुन २६ गते सेवाको उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । उद्घाटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याइने भएको बताउँदै उद्घाटनका दिनदेखि नै आश्रम र स्वास्थ्य सेवा सुरु हुने उनले जनाए ।

पछिल्लो समय सोसाइटीको भौतिक निर्माण र सञ्चालनको वातावरण निर्माण गर्न सोसाइटीका अध्यक्ष दिपक पोखरेल, निर्माण समितिका अध्यक्ष परशुराम अग्रवाल, अग्रणी समाजसेवी एवम् संस्थाका सञ्चालक समिति सदस्य विष्णु प्रसाई सव्रिmयतापूर्वक जुटेका छन् ।

सोसाइटीको आश्रम र स्वास्थ्य सेवा सञ्चालनका लागि कम्तीमा २ जना नर्स, २ जना भान्सा तथा रेखदेख कर्मचारी र एक जना सुरक्षा गार्ड आवश्यक हुन्छ । जनशक्ति व्यवस्थापनका लागि सरकारी निकायसँग विभिन्न पहल भइरहेको जनाउँदै संस्थाका संरक्षक राजबंशीले उद्घाटन पश्चात निजी स्रोतबाट भए पनि सेवा सञ्चालन गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: