उद्घाटनमा राष्ट्रपतिदेखि खेलाडीसम्म

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार १९:२०


10विराटनगर । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद–२०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रङ्गशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् ।

उद्घाटन समारोहमा सहभागी टिमहरूले मार्च पास गरेका थिए । सहभागी टिममध्ये मध्यमाञ्चल मार्च पासमा सुरुमा आएको थियो भने अन्तिममा पूर्वाञ्चलको टिमले मार्च पास गरेको थियो । पूर्वाञ्चलका विभिन्न २४ जनजातिको पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

गायक सुमित खड्का र प्राश्ना शाक्यले सातौँ राष्ट्रियको ‘खेलाडी हौँ, खेलाडी हौंँ, हामी खेलाडी’ बोलको गीत गाएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

9युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपालीले सातौँ राष्ट्रिय खेलकुदको झण्डोलोत्तोलन गरेका थिए । खेलाडीको तर्फबाट सुटिङ खेलाडी टीकाराम श्रेष्ठ तथा निर्णायकको तर्फबाट बक्सिङका अनुप लामाले शपथ ग्रहण गरेका थिए ।

त्यस्तै १९८० को मस्को ओलम्पिकको बक्सिङमा सहभागी पूर्वाञ्चलका नरेन्द्र पोमोले ओलम्पिक टर्चले दीप प्रज्ज्वलन गरेका थिए । छैठौँ राष्ट्रिय खेलकुद भएको सुदूरपश्चिमाञ्चको धनगढीबाट विभिन्न संस्करणमा सहभागी नेपाली ओलम्पियनहरूले विराटनगरस्थित शहिद रङ्गशालामा ल्याएको ओलम्पिक टर्चबाट दीप प्रज्ज्वलन गरिएको हो ।

रङ्गशाला प्रवेश गर्दा सुरुमा ओलम्पियन एवम् नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादकुर केसीले टर्च ओलम्पियन सुनीललाल जोशीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि टर्चलाई ओलम्पियनहरूले रङ्गशालाको तीन चक्कर लगाएका थिए । अन्तिममा ओलम्पियन पुष्पराज ओझाले नरेन्द्र पोमोलाई टर्च हस्तान्तरण गरेपछि नरेन्द्रले दीप प्रज्ज्वलन गरेका हुन् । दीप प्रज्ज्वलनसंगै उद्घाटन समारोह औपचारिक रुपमा सम्पन्न भएको थियो ।

17कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बृहत खेलकुदले खेल क्षेत्रमा परिर्वतन हुनुका साथै नयाँ प्रतिभाको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले सङ्घीयता कार्यान्वयनसँगै हरेक प्रदेशमा रङ्गशाला निर्माण गर्ने योजना रहेको बताउँदै राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई सरकारले विशेष सम्मान गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय एकताका रुपमा रहेको खेलकुद क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
पुस १५ गतेसम्म चल्ने सातौँ राष्ट्रियमा खेलकुदमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका ३ हजार ९ सय ७२ खेलाडीले २९४ स्वर्ण, २९४ रजत र ४४७ काँस्य गरी जम्मा १ हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रियमा विभिन्न ३० खेल समावेश छन् । ३५ खेल समावेश भए पनि शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेको छ । एथलेटिक्सतर्फ पुरुष÷महिलाको म्याराथन पनि भइसकेको छ । गोल्फ र स्नुकर सम्बन्धित सङ्घलाई सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । पूर्वाञ्चलमा पहिलो पटक बृहत खेलकुदको भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: